भद्रपुरमा विमानस्थलमा पूर्वराजा शाह र अध्यक्ष प्रचण्डको जम्काभेट

भद्रपुर, ३१ भदौ । पूर्व राजा ज्ञानेन्द्र शाह र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को भद्रपुरस्थित विमानस्थलमा आइतबार जम्काभेट भएको छ । केही दिन अघिदेखि झापामा रहेका पूर्वराजा शाह काठमाडौं फर्कने क्रममा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि झापाको बिर्तामोडस्थित सिटी सेन्टरमा आयोजित सभालाई सम्बोधन गरेर फर्कने क्रममा विमानस्थलमा भेट भएको हो । [...] The post भद्रपुरमा विमानस्थलमा पूर्वराजा शाह र अध्यक्ष प्रचण्डको जम्काभेट appeared first on Jhapa Online.

Sep 16, 2024 - 01:01
 0
भद्रपुरमा विमानस्थलमा पूर्वराजा शाह र अध्यक्ष प्रचण्डको जम्काभेट

भद्रपुर, ३१ भदौ । पूर्व राजा ज्ञानेन्द्र शाह र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को भद्रपुरस्थित विमानस्थलमा आइतबार जम्काभेट भएको छ ।

केही दिन अघिदेखि झापामा रहेका पूर्वराजा शाह काठमाडौं फर्कने क्रममा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि झापाको बिर्तामोडस्थित सिटी सेन्टरमा आयोजित सभालाई सम्बोधन गरेर फर्कने क्रममा विमानस्थलमा भेट भएको हो ।

पूर्व प्रधानमन्त्री तथा माओवादी अध्यक्ष दाहाल बुद्ध एयरको दिउँसो ४ः२५ बजेको बुद्ध एयरको विमानबाट काठमाडौ फर्किन लागेका थिए । बुद्ध एयरको सेकेन्ड लास्टको ९६० विमान डिले भएर साँझ ६ः३० बजे मात्र चन्द्रगढी विमानस्थल आइपुगेको थियो ।

त्यस्तै, पूर्व राजा शाह बुद्ध एयरकै अन्तिम विमान ९ः२ बाट फर्किन लागेका थिए । सो विमान पनि चन्द्रगढी विमानस्थलमा आइपुगे पनि खराब मौसमका कारण काठमाडौं फर्किन नसकेको चन्द्रगढी विमानस्थलका प्रमुख किशोरकुमार खत्रीले बताए । उनले बुद्धका दुईवटा र यति एयरलाइन्सका एउटा गरी तीनवटा विमान खराब मौसमका कारण उडान भर्न नसकेको जानकारी दिए । तीन वटा विमानको उडान रद्ध हुँदा धेरै यात्रुहरु अलपत्र परेका छन् ।

The post भद्रपुरमा विमानस्थलमा पूर्वराजा शाह र अध्यक्ष प्रचण्डको जम्काभेट appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register