ट्रम्पमाथि पुनः हत्या प्रयास : गोल्फ कोर्सबाट एक संदिग्ध पक्राउ

काठमाडौं । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि फ्लोरिडाको एक गोल्फ कोर्समा हत्याको प्रयास भएको छ । उनी एक संभावित हत्याको प्रयासबाट जोगिएको एफबीआईले जनाएको छ। गोप्य सेवाका एजेन्टहरूले ट्रप लक्षित राइफलको नाल देखेका थिए र त्यसपछि गोली चलाएको थियो। एफबीआईका अनुसार, ट्रम्प यस समयमा ३००–५०० गज (२७५ देखि ४५५ मीटर) टाढा रहेका थिए। घटनास्थलमा एक एके४७–शैलीको […]

Sep 16, 2024 - 01:12
 0
ट्रम्पमाथि पुनः हत्या प्रयास : गोल्फ कोर्सबाट एक संदिग्ध पक्राउ

काठमाडौं । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि फ्लोरिडाको एक गोल्फ कोर्समा हत्याको प्रयास भएको छ । उनी एक संभावित हत्याको प्रयासबाट जोगिएको एफबीआईले जनाएको छ।

गोप्य सेवाका एजेन्टहरूले ट्रप लक्षित राइफलको नाल देखेका थिए र त्यसपछि गोली चलाएको थियो। एफबीआईका अनुसार, ट्रम्प यस समयमा ३००–५०० गज (२७५ देखि ४५५ मीटर) टाढा रहेका थिए। घटनास्थलमा एक एके४७–शैलीको हतियार र स्कोप, दुईवटा ब्याकप्याक, र एक गोप्रो क्यामेरा फेला परेका छन्।

एक प्रत्यक्षदर्शीका अनुसार अनुसार आरोपी झाडीबाट दौडेर काला निसान कारमा हामफालेको थियो । उसलाई धेरै पटक गोली चलाएपछि गिरफ्तार गरिएको थियो। पुलिसले घटनाको अपडेट दिने क्रममा भनेको छ उक्त साक्षीले वाहन र नम्बर प्लेटको तस्बीर लिएका थिए र पछि मार्टिन काउन्टीमा सो कारलाई रोकिएको थियो।

घटनापछि ट्रम्पले आफ्नो समर्थकहरूलाई इमेलमार्फत जानकारी दिँदै भने –म सुरक्षित र राम्रो अवस्थामा छु। केही पनि मलाई रोक्न सक्दैन। म कहिल्यै समर्पण गर्ने छैन ।

यो घटना पूर्व राष्ट्रपति ट्रम्पलाई दुई महिना अघि बटलर, पेनसिल्वेनियामा गोली हानिएको घटनापछि आएको हो। यस घटनामा ट्रम्पको कानमा गोली लागेको थियो र एक दर्शकको मृत्यु भएको थियो।

अनुसन्धानकर्ताहरुले यस घटनाको अनुसन्धान जारी राखेका छन र व्हाइट हाउसले राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई घटनाको बारेमा जानकारी दिएको छ। ह्यारिसले ट्वीट गर्दै हिंसा अमेरिकामा कुनै पनि स्थानमा स्वीकार्य नभएको बताइन्।

ट्रम्पलाई सुरक्षा स्थानमा लगियो र संदिग्ध पक्राऊ

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई फ्लोरिडाको गोल्फ कोर्समा भएको एक संभावित हत्याको प्रयासपछि सुरक्षित स्थानमा लगिएको छ ।

अमेरिकी अधिकारीहरूले एकजनाई पक्राउ गरिएको पुष्टि गरेका छन्।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register