डोनाल्ड ट्रम्पको फेरि हत्या प्रयास

एजेन्सी । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको फेरि हत्या प्रयास भएको छ। राष्ट्रपति पदका उम्मेदवारसमेत रहेका ट्रम्पमाथि गएराति फ्लोरिडाको एक गल्फ कोर्समा हत्या प्रयास भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। एफबीआईका अनुसार ट्रम्प त्यतिबेला २७५ देखि ४५५ मिटर टाढा थिए। घटनास्थलमा एक एके४७ शैलीको बन्दुक र स्कोप, दुई ब्याकप्याक र गोप्रो क्यामेरा फेला परेको छ। ट्रम्पले […]

Sep 16, 2024 - 03:47
 0
डोनाल्ड ट्रम्पको फेरि हत्या प्रयास

एजेन्सी ।

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको फेरि हत्या प्रयास भएको छ। राष्ट्रपति पदका उम्मेदवारसमेत रहेका ट्रम्पमाथि गएराति फ्लोरिडाको एक गल्फ कोर्समा हत्या प्रयास भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।

एफबीआईका अनुसार ट्रम्प त्यतिबेला २७५ देखि ४५५ मिटर टाढा थिए। घटनास्थलमा एक एके४७ शैलीको बन्दुक र स्कोप, दुई ब्याकप्याक र गोप्रो क्यामेरा फेला परेको छ।

ट्रम्पले आफ्नो फ्लोरिडा गल्फ कोर्समा हत्याको प्रयास भएको जस्तो देखिएको बताएका छन्। घटनापछि ट्रम्पले सामाजिक सञ्जालमार्फत आफू ठीक रहेको बताएका छन्।

ट्रम्पमाथि आक्रमणको प्रयास भएको यो दोस्रो पटक हो। यसअघि जुलाई १३ मा पेन्सिलभेनियाको र्‍यालीमा सम्बोधन गर्दै गरेका ट्रम्पमाथि गोली नै प्रहार भएको थियो।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register