इन्द्रजात्राको दोस्रो दिन; हनुमानढोकामा सामुहिक कुमारी पूजा सम्पन्न (तस्वीरहरु)

काठमाडौँ। सोमबार काठमाडौँको हनुमानढोका क्षेत्रमा सामुहिक कुमारी पूजा सम्पन्न भएको छ। इन्द्रजात्राको दोस्रो दिन, पास्नी गरेका तर बेल विवाह नगरेका कन्याहरूको पूजा गरी कुमारी पूजा मनाइएको हो। कुमारी पूजा गर्दा देशमा अनिष्ट नहुने, बालबालिका निरोगी हुने तथा जीवनमा आइपर्ने वाधा अड्चन हट्ने समेत धार्मिक विश्वास रहेको छ। धार्मिक विधिपूर्वक पूजा सकिएपछि कुमारी पूजामा सरिक बालिकाहरूलाई […]

Sep 16, 2024 - 05:24
 0
इन्द्रजात्राको दोस्रो दिन; हनुमानढोकामा सामुहिक कुमारी पूजा सम्पन्न (तस्वीरहरु)

काठमाडौँ। सोमबार काठमाडौँको हनुमानढोका क्षेत्रमा सामुहिक कुमारी पूजा सम्पन्न भएको छ। इन्द्रजात्राको दोस्रो दिन, पास्नी गरेका तर बेल विवाह नगरेका कन्याहरूको पूजा गरी कुमारी पूजा मनाइएको हो।

कुमारी पूजा गर्दा देशमा अनिष्ट नहुने, बालबालिका निरोगी हुने तथा जीवनमा आइपर्ने वाधा अड्चन हट्ने समेत धार्मिक विश्वास रहेको छ।

धार्मिक विधिपूर्वक पूजा सकिएपछि कुमारी पूजामा सरिक बालिकाहरूलाई तलेजु भवानीको दर्शन गराई हनुमान ढोका दरबारमा अवस्थित मूलचोक, नासल चोक तथा वरपर रहेका देवीदेवताको दर्शन गराई कुमारी पूजा बिधिवत रूपमा समापन गरिन्छ।

तस्वीरहरु:-

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register