तीन सय रुपैयाँले बढ्यो पार्सलेको मूल्य, अन्य तरकारी तथा फलफूलको मूल्यमा सामान्य घटबढ

काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज पार्सलेको मूल्य बढेको छ । पार्सलेको मूल्य तीन सय रुपैयाँले बढेर न्युनतम प्रतिकेजी १५ सय रुपैयाँमा कारोबार भइरहेको छ । नेपाली ठुलो गोलभेडा ७० रुपैयाँ, लोकल सानो गोलभेडा २५ रुपैयाँ, […]

Sep 16, 2024 - 06:44
 0
तीन सय रुपैयाँले बढ्यो पार्सलेको मूल्य, अन्य तरकारी तथा फलफूलको मूल्यमा सामान्य घटबढ

काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज पार्सलेको मूल्य बढेको छ । पार्सलेको मूल्य तीन सय रुपैयाँले बढेर न्युनतम प्रतिकेजी १५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाली ठुलो गोलभेडा ७० रुपैयाँ, लोकल सानो गोलभेडा २५ रुपैयाँ, सानो गोलभेडा (टनेल) २८ रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, रातो आलु ६५ रुपैयाँ र भारतीय रातो आलु ५२ रुपैयाँ रुपैयाँ प्रतिकेजी रहेको छ ।

त्यसैगरी, भारतीय सुकेको प्याज ११० रुपैयाँ, लोकल गाजर १००  रुपैयाँ, तराई गाजर ९० रुपैयाँ, बन्दा लोकल ४० रुपैयाँ, बन्दा तराई ३० रुपैयाँ, स्थानीय काउली ९० रुपैयाँ, स्थानीय काउली (ज्यापु) १२० रुपैयाँ, रातो मुला ३०, सेतो मुला लोकल २० रुपैयाँ, भन्टा लाम्चो २५ रुपैयाँ, भन्टा डल्लो ४०, तने बोडी ५०, मकै बोडी ७०, घिउ सिमी लोकल ७०, टाटे सिमी ७०, भटमासकोसा ९० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

तितो करेला ५०, लौका ४०, लोकल परवर ३५ रुपैयाँ, चिचिण्डो २५ रुपैयाँ, घिरौला ४०, झिगुनी ६०, फर्सी पाकेको ४०, भिण्डी २५, पिंडालू ७०, स्कुस २० रुपैयाँ रहेको छ । त्यस्तै, रायो साग १०० र तोरीको साग ५० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।

साथै, हरियो प्याज २००, कन्य च्याउ १६०, डल्ले च्याउ ३००, राजा च्याउ २८०, सिताके च्याउ ९५०, कुरिलो ४००, न्युरो ७०, ब्रोकाउली १००, चुकन्दर ६०, जिरीको साग ९०, सेलेरी ६००, पार्सले १५००, पुदिना ६००, गान्टे मुला ७०, इमली १५०, तामा ९०, तोफु ११०, गुन्द्रुक २५०, अदुवा २१०, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी ७०, खुर्सानी हरियो (बुलेट) ९०, खुर्सानी हरियो (अकबरे) २५०, खुर्सानी हरियो (माछे) ७०, भेडे खुर्सानी १००, हरियो लसुन २००, हरियो धनियाँ १५०, चाइनिज सुकेको लसुन ३००, छ्यापी सुकेको २६० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।

यता, फुजी स्याउ ३००, केरा (दर्जन) १४०, कागती २००, अनार ४००, अंगुर (कालो) ३५०, मौसम १००, जुनार २५०, भुई कटहर प्रति गोटा १६०, लोकल काक्रो ५०, हाइब्रिड काक्रो १५, अम्बा १२०, नासपाती (लोकल) ९०, नासपाती (चाइनिज) २८०, मेवा (नेपाली) ५०, लप्सी ४०, किवि ३००, आभोकाडो २०० र अमला ९० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।

तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ’ पेजमा गई सो विवरण हेर्न सकिन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register