माओवादीले भन्यो- प्रधानमन्त्रीबाहेक कसैलाई बोल्न दिँदैनौँ

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले संसद्‌मा प्रधानमन्त्रीबाहेक कसैलाई बोल्न नदिने बताएको छ । सोमबार दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्दैछ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीबाहेक अरु कसैलाई बोल्न नदिने माओवादीको अडान छ । माओवादी सांसद देवेन्द्र पौडेलले भने, “प्रधानमन्त्रीलाई बोल्न दिन्छौँ, त्यसबाहेक अरुलाई दिँदैनौँ । त्योभन्दा पहिले हामीले बोल्न समय […]

Sep 16, 2024 - 06:48
 0
माओवादीले भन्यो- प्रधानमन्त्रीबाहेक कसैलाई बोल्न दिँदैनौँ

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले संसद्‌मा प्रधानमन्त्रीबाहेक कसैलाई बोल्न नदिने बताएको छ ।

सोमबार दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्दैछ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीबाहेक अरु कसैलाई बोल्न नदिने माओवादीको अडान छ ।

माओवादी सांसद देवेन्द्र पौडेलले भने, “प्रधानमन्त्रीलाई बोल्न दिन्छौँ, त्यसबाहेक अरुलाई दिँदैनौँ । त्योभन्दा पहिले हामीले बोल्न समय माग्छौँ । सभामुखले कसरी चलाउनुहुन्छ, हेर्छौँ ।”

माओवादीले एमाले सांसद योगेश भट्टराईले बोलेको ‘माओवादी हिंसा’ शब्द संसद्को रेकर्डबाट नहटेसम्म संसद् चल्न नदिने चेतावनी दिएको छ ।

तर, प्रधानमन्त्री ओलीलाई भने बोल्न दिने सांसद पौडेलले बताए । “उहाँ संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुनका लागि जाने हो, त्यसैले उहाँलाई बोल्न दिन्छौँ,” उनले भने ।

यसअघि भदौ १२ गते एमाले सांसद भट्टराईले माओवादी जनयुद्धलाई ‘हिंसा’ भनेका थिए । त्यसलगत्तै माओवादी सांसदहरूले उक्त शब्द रेकर्डबाट हटाउन माग गरेका थिए । त्यसमा सभामुख देवराज घिमिरेले आफूले निर्णय गरेर सुनाउने बताएका थिए ।

यसपछि गत २८ गते बसेको बैठकमा आफूले प्रशस्त छलफल गर्दा सांसद भट्टराईले बोलेको हिंसा शब्द संसद्को रेकर्डबाट हटाउन नपर्ने निष्कर्ष सभामुख घिमिरेले सुनाएका थिए । यसलगत्तै माओवादी सांसदहरूले उठेर संसद् अवरुद्ध गरे, फलत: २८ गतेको बैठक स्थगित भएको थियो ।

यसपछि आइतबार बस्ने भनिएको बैठक बस्न सकेन । माओवादीले अवरुद्ध गर्ने चेतावनी दिएपछि सूचना टाँस गरी स्थगित गरिएको थियो ।

यसपछि आज बैठक बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्नेछन् । यसपछि आजै संसद्को बजेट अधिवेशन अन्त्य गर्ने तयारी गरिएको छ ।

  • सम्बन्धित समाचार

संसद्को बजेट अधिवेशन आजै अन्त्य गरिने

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register