मेटमणि चौधरीलाई देशद्रोहको मुद्दा चलाउन एमालेको माग

काठमाडौं । सत्तारूढ दल नेकपा (एमाले) ले नेकपा (एकीकृत समाजवादी) का सांसद मेटमणि चौधरीलाई देशद्रोहको मुद्दा लगाउन माग गरेका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै एमाले सांसद सूर्यप्रसाद ढकालले भने, “उहाँमाथि देशद्रोहको मुद्दा लगाऔँ ।” त्यसलाई संसद्ले गम्भीर रूपमा लिनुपर्ने सांसद ढकालको भनाइ छ । “यो राष्ट्रविरोधी अभिव्यक्तिलाई राज्यले कसरी लिन्छ ? […]

Sep 16, 2024 - 09:08
 0
मेटमणि चौधरीलाई देशद्रोहको मुद्दा चलाउन एमालेको माग

काठमाडौं । सत्तारूढ दल नेकपा (एमाले) ले नेकपा (एकीकृत समाजवादी) का सांसद मेटमणि चौधरीलाई देशद्रोहको मुद्दा लगाउन माग गरेका छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै एमाले सांसद सूर्यप्रसाद ढकालले भने, “उहाँमाथि देशद्रोहको मुद्दा लगाऔँ ।”

त्यसलाई संसद्ले गम्भीर रूपमा लिनुपर्ने सांसद ढकालको भनाइ छ । “यो राष्ट्रविरोधी अभिव्यक्तिलाई राज्यले कसरी लिन्छ ? सदनले यसलाई गम्भीर रूपमा लिनुपर्छ । सदनले छानबिन गरोस् । यो विषय हल्का रूपमा उठाइएको विषय होइन,” उनले भने ।

यसअघि मेटमणिले कालापानीलगायतका भूमि नेपालको नभइ भारतको रहेको अभिव्यक्ति दिएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register