वृद्ध बलात्कार कसुरमा जन्मकैद, साधक सदर भएमा १० वर्ष मात्र कैद बसे पुग्ने

धादिङ । ७५ वर्षीया वृद्धा बलात्कार गरेको कसुरमा खनियाबास गाउँपालिका–५ का ५१ वर्षीय पदमबहादुर तामाङलाई जन्मकैद हुने फैसला जिल्ला अदालतले  गरेको छ । जिल्ला न्यायाधीश गोपाल प्रसाद वास्तोलाको सोमबारको  इजलासले कसुरदारलाई जन्मकैद र ७ लाख रुपैयाँ जरिवाना गर्न फैसला भएको छ । कसुरदारले जरिवानाबापत तिरेको ७ लाख रुपैयाँ पीडितलाई क्षतिपूर्ति दिन समेत फैसलामा उल्लेख छ […]

Sep 16, 2024 - 12:42
 0
वृद्ध बलात्कार कसुरमा जन्मकैद, साधक सदर भएमा १० वर्ष मात्र कैद बसे पुग्ने

धादिङ ।

७५ वर्षीया वृद्धा बलात्कार गरेको कसुरमा खनियाबास गाउँपालिका–५ का ५१ वर्षीय पदमबहादुर तामाङलाई जन्मकैद हुने फैसला जिल्ला अदालतले  गरेको छ ।

जिल्ला न्यायाधीश गोपाल प्रसाद वास्तोलाको सोमबारको  इजलासले कसुरदारलाई जन्मकैद र ७ लाख रुपैयाँ जरिवाना गर्न फैसला भएको छ । कसुरदारले जरिवानाबापत तिरेको ७ लाख रुपैयाँ पीडितलाई क्षतिपूर्ति दिन समेत फैसलामा उल्लेख छ ।

 वृद्ध बलात्कार कसुरमा जन्मकैद हुने कानूनी व्यवस्था छ । कसुरदार साबित भएको र घटनाको अवस्था र प्रकृति हेर्दा सजाय चर्को पर्नसक्ने देखिएकोले मुलुकी फौजदारी कार्यविधि २०७४ काे दफा १४५ काे १ क काे व्यवस्था अनुसार  जन्मकैदको सट्टा कसुरदारलाई १० वर्षमात्र कैद गर्नका लागि छुट्टै राय प्रस्तुत गरी उच्च अदालत पाटनमा साधक सदरका लागि पठाइएको जिल्ला अदालतका सूचनाअधिकारी कविता प्रजापतिले इन्सेकलाई बताए । यस्ताे प्रस्ताव जिल्ला अदालतबाट ३५ दिनभित्र उच्च अदालतमा पठाउनु पर्ने छ । 

 उच्च अदालतले साधक सदर गरेमा कसुरदारले १० वर्षमात्र कैद हुनेछ । साधक सदर नभएमा सर्वोच्च अदालतको फैसला अन्तिम हुनेछ।

०८१ असार १० गते बलात्कार गरेको भन्दै पीडित पक्षले असार २४ गते जिल्ला प्रहरी कार्यालय धादिङमा उजुरी दिएकोमा कसुरदारलाई असार २४ गते गिरफ्तार गरिएको थियो । कसुरदार विरुद्ध जिल्ला प्रहरी कार्यालयमा असार २५ गते जबरजस्ती करणी मुद्दा दर्ता भएको थियो । पीडितको असार २५ गते धादिङ अस्पतालमा स्वास्थ्य परीक्षण भएको थियो । जिल्ला अदालतमा साउन १४ गते दर्ता भएको र कसुरदार साउन १५ गतेको आदेश बमोजिम पुर्पक्षका लागि थुनामा थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register