बेलायतमा वरिष्ठ गायक दीप श्रेष्ठको एकल सांझ हुंदै

लन्डन । नेपाली सांगीतिक आकाशका नक्षत्र वरिष्ठ गायक दीप श्रेष्ठको बेलायतमा एकल सांझ हुने भएको छ । आउंदो १९ सेप्टेम्बर सांझ ६ बजेदेखि हाइवे कम्बस्थित डल्फिन आई पब एण्ड रेष्टुरेन्टमा लाइभ म्यूजिकका साथ कार्यक्रम हुन लागेको हो । ‘बितेका कुरा’, ‘कति कमजोर रहेछ भाग्य’, ‘हर रात सपनीमा ऐठन हुन्छ’ जस्ता दर्जनौं सदावहार गीतका गायक श्रेष्ठको […]

Sep 16, 2024 - 19:54
 0
बेलायतमा वरिष्ठ गायक दीप श्रेष्ठको एकल सांझ हुंदै

लन्डन । नेपाली सांगीतिक आकाशका नक्षत्र वरिष्ठ गायक दीप श्रेष्ठको बेलायतमा एकल सांझ हुने भएको छ । आउंदो १९ सेप्टेम्बर सांझ ६ बजेदेखि हाइवे कम्बस्थित डल्फिन आई पब एण्ड रेष्टुरेन्टमा लाइभ म्यूजिकका साथ कार्यक्रम हुन लागेको हो ।

‘बितेका कुरा’, ‘कति कमजोर रहेछ भाग्य’, ‘हर रात सपनीमा ऐठन हुन्छ’ जस्ता दर्जनौं सदावहार गीतका गायक श्रेष्ठको एकल सांझमा सहभागी भएर मनोरन्जन लिन आयोजकमध्ये एक सिद्धार्थविक्रम क्षेत्रीले जनाए ।

‘म पत्थरको देवता होइन
तोडिएर जोडिने
न म त्यो देव हुँ
सधैँ बाँचिरहने…’

गायक श्रेष्ठले यही गीत रेकर्ड गराएर ०२५ सालमा औपचारिक सांगीतिक यात्रा प्रारम्भ गरेका थिए । ५५ वर्षदेखि गायनमा निरन्तर श्रेष्ठ अहिले पनि उत्तिकै जोशका साथ यस क्षेत्रमा छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register