लन्डन दूतावासद्वारा प्रवेश निषेध भन्दै गरिएको भ्रामक प्रचारको खण्डन

लन्डन । लन्डनस्थित नेपाली दूतावासमा प्रवेश निषेध भन्दै केही दिन यता गरिएको भ्रामक प्रचारप्रति दूतावासले खण्डन गरेको छ । दूतावासले बुधबार एक वक्तव्य जारी गर्दै दूतावास सबैको साझा घर रहेको र कसैलाई प्रवेश निषेध नगरिएको स्पष्ट पारेको छ । केही दिनयता सामाजिक सञ्जालमा दूतावासमा प्रवेश निषेध भन्दै गरिएको प्रचारलाई भ्रामक भन्दै वक्तव्यमा त्यसप्रति गम्भीर ध्यानाकर्षण […]

Aug 28, 2024 - 13:38
 0
लन्डन दूतावासद्वारा प्रवेश निषेध भन्दै गरिएको भ्रामक प्रचारको खण्डन

लन्डन । लन्डनस्थित नेपाली दूतावासमा प्रवेश निषेध भन्दै केही दिन यता गरिएको भ्रामक प्रचारप्रति दूतावासले खण्डन गरेको छ ।

दूतावासले बुधबार एक वक्तव्य जारी गर्दै दूतावास सबैको साझा घर रहेको र कसैलाई प्रवेश निषेध नगरिएको स्पष्ट पारेको छ ।

केही दिनयता सामाजिक सञ्जालमा दूतावासमा प्रवेश निषेध भन्दै गरिएको प्रचारलाई भ्रामक भन्दै वक्तव्यमा त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

नेपालकै सबैभन्दा पुरानो दूतावासका रुपमा रहेको लन्डन दूतावास बेलायत नेपाल सम्बन्ध सुदृढ गर्न र बेलायतवासी नेपालीको हित संरक्षण तथा प्रवर्धन गर्न क्रियाशिल रहेको दूतावासको भनाइ छ । 

साथै नेपाल बेलायत द्विपक्षीय सम्बन्धमा ब्रिटिश गोर्खाहरुको योगदानको उच्च मुल्याङ्कन गर्दै उनीहरुप्रति उच्च सम्मान रहेको पनि दूतावासले स्पष्ट गरेको छ ।

सिमित श्रोत साधन बाबजुद दूतावासले बेलायतमा बढ्दै   गएको नेपाली समुदायलाई सरल र सहज रुपमा कन्सुलर सेवा प्रदान गर्न कटिवद्ध रहेको पनि वक्तव्य उल्लेख छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register