वसन्तपुरमा हुलहुज्जत गरेको भन्दै बालेनका समर्थक प्रहरीको नियन्त्रणमा

काठमाडौं । इन्द्रजात्रामा विवाद भएपछि महानगरका मेयर बालेन शाहका १३ जना समर्थकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । इन्द्रजात्रामा अवसरमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको फोटो अंकित टिसर्ट लगाएर हुलहुज्जत गरेको भन्दै वसन्तपुर क्षेत्र पुगेकाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएर अहिले प्रहरी वृत्त जनसेवामा राखेको छ । उनीहरूकै सुरक्षाका लागि प्रहरी परिसरमा […]

Sep 17, 2024 - 09:44
 0
वसन्तपुरमा हुलहुज्जत गरेको भन्दै बालेनका समर्थक प्रहरीको नियन्त्रणमा

काठमाडौं । इन्द्रजात्रामा विवाद भएपछि महानगरका मेयर बालेन शाहका १३ जना समर्थकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

इन्द्रजात्रामा अवसरमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको फोटो अंकित टिसर्ट लगाएर हुलहुज्जत गरेको भन्दै वसन्तपुर क्षेत्र पुगेकाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएर अहिले प्रहरी वृत्त जनसेवामा राखेको छ ।

उनीहरूकै सुरक्षाका लागि प्रहरी परिसरमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त रजौरेले बताए ।

बालेनको फोटो अंकित टिसर्ट लगाएपछि स्थानीयबीच विवाद भएपछि झडप हुने स्थिति नहोस् भनेर प्रहरी परिसरमा राखिएको उनले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register