राजेन्द्र महतोले गरे राष्ट्रिय मुक्ति क्रान्ति नेपाल पार्टीको घोषणा

काठमाडौं । बहुलराष्ट्रिय राज्य स्थापनार्थ राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले राष्ट्रिय मुक्ति क्रान्ति नेपाल पार्टीको घोषणा गरेका छन् । मंगलबारबाट काठमाडौंमा सुरु राष्ट्रिय मुक्ति क्रान्तिको राष्ट्रिय समिति बैठकमा महतोले सम्पूर्ण उत्पीडनमा परेका नागरिकको अधिकारको लडाईका लागि राष्ट्रिय मुक्ति क्रान्ति नेपाल पाटीको जन्म भएको घोषणा गरेका हुन् । उनले राष्ट्रिय मुक्ति क्रान्ति नेपाल पार्टीले देशमा […]

Sep 17, 2024 - 09:52
 0
राजेन्द्र महतोले गरे राष्ट्रिय मुक्ति क्रान्ति नेपाल पार्टीको घोषणा

काठमाडौं । बहुलराष्ट्रिय राज्य स्थापनार्थ राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले राष्ट्रिय मुक्ति क्रान्ति नेपाल पार्टीको घोषणा गरेका छन् ।

मंगलबारबाट काठमाडौंमा सुरु राष्ट्रिय मुक्ति क्रान्तिको राष्ट्रिय समिति बैठकमा महतोले सम्पूर्ण उत्पीडनमा परेका नागरिकको अधिकारको लडाईका लागि राष्ट्रिय मुक्ति क्रान्ति नेपाल पाटीको जन्म भएको घोषणा गरेका हुन् ।

उनले राष्ट्रिय मुक्ति क्रान्ति नेपाल पार्टीले देशमा बहुलराष्ट्रिय राज्य स्थापना गरेरै छाड्ने दाबी गरे । राष्ट्रिय मुक्ति क्रान्ति नेपालले देशको विभिन्न संस्कृतिहरुको रक्षा गर्दै आर्थिक अवस्था सुधार गर्नका लागि पनि आवश्यक योजना तय गर्ने उनले बताए ।

महतोले लोकतन्त्रमा पनि आफ्नो अधिकार र पहिचान पाउन नसकेका कारण सबैलाई समेटेर राष्ट्रिय मुक्ति क्रान्ति बनाउनुपरेको धारणा राखे । अहिले पनि अधिकार प्राप्तिको लडाइँका लागि एक हुन खोज्दा राज्यले एक हुन नदिएको उनको भनाइ छ ।

तीन दिनसम्म चल्ने बैठकमा आगामी रणनीति तथा पार्टी निर्माण, समसामयिक राजनीतिक अवस्था, राष्ट्रिय मुक्ति क्रान्ति लगाएतका एजेण्डामा छलफल हुने बताइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register