रवि लामिछाने लगायतलाई कारबाही हुन्छ : उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले सहकारीसम्बन्धी संसदीय छानबिन समितिले सरकारलाई बुझाएको प्रतिवेदनलाई अध्ययन गरी आवश्यक कारबाही गरिने बताएका छन् । नेपाल प्रस युनियन कैलालीले धनगढीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री सिहंले समितिको सिफारिसअनुसार रास्वपा सभापति रवि लामिछाने लगायतलाई कारबाही गर्ने बताएका हुन् । उनले वास्तविकतामा नगई स्वतन्त्रता छ भन्दैमा केही भएन भन्ने […]

Sep 17, 2024 - 11:28
 0
रवि लामिछाने लगायतलाई कारबाही हुन्छ : उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले सहकारीसम्बन्धी संसदीय छानबिन समितिले सरकारलाई बुझाएको प्रतिवेदनलाई अध्ययन गरी आवश्यक कारबाही गरिने बताएका छन् ।

नेपाल प्रस युनियन कैलालीले धनगढीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री सिहंले समितिको सिफारिसअनुसार रास्वपा सभापति रवि लामिछाने लगायतलाई कारबाही गर्ने बताएका हुन् ।

उनले वास्तविकतामा नगई स्वतन्त्रता छ भन्दैमा केही भएन भन्ने भाष्य सिर्जना गरिएको बताएका छन् ।

यस्तै, २०७९ सालको निर्वाचनपछि देशमा राजनीतिक अस्थिरता देखिएकाले त्यसको अन्त्य गर्न ठूला दल मिल्नुपरेको सिहंले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register