रुपन्देहीमा सर्प महोत्सव शुरु

बुटवल । अन्तराष्ट्रिय सर्पदंश जनचेतना दिवसको अवसरमा रुपन्देही जिल्लाको तिलोत्तमा शंकरनगर बन बाटिका तथा अनुसन्धान केन्द्र परिसरमा २ दिने सर्प महोत्सव आयोजना गरिएको छ । ‘मानव र सर्पबीच सहअस्तित्व प्रवर्द्धन’ नारासहित लुम्बिनी प्रदेशमै पहिलोपटक तिलोत्तमाको वनवाटिकामा सर्प महोत्सव तथा अन्तर्राष्ट्रिय सर्पदंश जनचेतना दिवस आयोजना गरिएको हो। सर्पसम्बन्धी अध्ययन अनुसन्धान गर्ने अन्तराष्ट्रिय संस्था अल्कोबाका अनुसार सन् […]

Sep 17, 2024 - 13:10
 0
रुपन्देहीमा सर्प महोत्सव शुरु

बुटवल ।

अन्तराष्ट्रिय सर्पदंश जनचेतना दिवसको अवसरमा रुपन्देही जिल्लाको तिलोत्तमा शंकरनगर बन बाटिका तथा अनुसन्धान केन्द्र परिसरमा २ दिने सर्प महोत्सव आयोजना गरिएको छ ।

‘मानव र सर्पबीच सहअस्तित्व प्रवर्द्धन’ नारासहित लुम्बिनी प्रदेशमै पहिलोपटक तिलोत्तमाको वनवाटिकामा सर्प महोत्सव तथा अन्तर्राष्ट्रिय सर्पदंश जनचेतना दिवस आयोजना गरिएको हो। सर्पसम्बन्धी अध्ययन अनुसन्धान गर्ने अन्तराष्ट्रिय संस्था अल्कोबाका अनुसार सन् २०२२ मा नेपालमा ४० हजार जनालाई सर्पले डसेको थियो ।

सर्पदंशबाट सो वर्ष करिब तीन हजार जनाको मृत्यु भयो । यसरी हेर्दा नेपालमा सर्पदंशको दर र मृत्युदर बर्सेनि बढ्दो छ । अन्य वन्यजन्तुको तुलनामा सर्पदंशबाट हुने मानवीय क्षति बढी भएपनि यसको रोकथामका लागि सम्बन्धित सरकारी निकायले पर्याप्त चासो नदिएको र लगानी पनि नगरेको सरोकारवालाले गुनासो गर्दै आएका छन् । यही परिवेशमा अन्तराष्ट्रिय सर्पदंश जनचेतना दिवसको अवसरमा तिलोत्तमा नगरपालिका, बुटवल उपमहानगरपालिकाको सहयो नेपाल सर्प महोत्सव आयोजना गरिएको हो ।

महोत्सव उद्घघाटन कार्यक्रममा बोल्दै डिभिजन वन कार्यालय रुपन्देहीका प्रमुख प्रवीण बिडारीले सर्प रहे मात्र प्रकृति रहने भन्दै सर्प संरक्षणमा सबैले हातेमालो गर्नु पर्ने बताउनुभयो । उहाँले सर्पले जैविक विविधतामा अमूल्य भुकिका खेल्ने हुँदा सबैले सर्प लाई नजिक बाट चिन्ने र त्यसको महत्तो बुझ्ने बताउनुभयो ।

सो अवसरमा बोल्दै तिलोत्तमा नगरका नगर प्रमुख रामकृष्ण खाण्डले सर्प लाई हाम्रो हिन्दू धर्मले सधैं सर्प संरक्षण गर्ने हुँदा नाग पञ्चमी हामीले मनाउने बताउनुभयो । सर्पले सूर्यको प्रकास बाट निस्किने विकरण सर्पको छालाले सोस्ने हुँदा यसले मान्छेलाई क्यान्सर लाग्न बाट पनि जोगाउने हुँदा हामीले सर्प जोगाउनु पर्ने उहाँले बताउनुभयो ।

समयमा उपचार नपाएका कारण सर्पको टोकाइबाट मृत्यु हुने तथ्याङ्क पनि बढ्दो रहेको सर्प विशेषज्ञ डा छबिलाल थापाले बताउनु भयो दुई दिन चल्ने महोत्सवमा सहभागी विद्यार्थी, स्थानियहरुलाई सर्प सम्बन्धि विज्ञ, नेचर गाईड, रेस्कुयरहरुले प्रत्यक्ष विषालु र अविषालु सर्पका प्रजातीबारे चिनाउने, सर्पको उद्घार, औजारहरुको प्रयोग गरेर देखाएका थिए । विभिन्न स्टलहरुमा सर्प सम्बन्धि चित्रकला, फेस आर्ट, फोटो प्रदर्शनी समेत गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register