प्रचण्ड भन्छन् – देशका लागि केही गर्ने माओवादी नै रहेछ भन्ने जनताले बुझ्न थालेका छन्

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीप्रति देशभर आकर्षण देखिन सुरु भएको बताएका छन् । बुधबार केन्द्रीय सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको संयुक्त परामर्श बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । आफूहरु परामर्श बैठकको सन्दर्भमा सातै प्रदेश पुगेर फर्केको र पछिल्लो समय मोरङ, सुनसरी र झापाका विभिन्न कार्यक्रममा पुगेर आएको जानकारी […]

Sep 18, 2024 - 08:40
 0
प्रचण्ड भन्छन् – देशका लागि केही गर्ने माओवादी नै रहेछ भन्ने जनताले बुझ्न थालेका छन्

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीप्रति देशभर आकर्षण देखिन सुरु भएको बताएका छन् । बुधबार केन्द्रीय सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको संयुक्त परामर्श बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

आफूहरु परामर्श बैठकको सन्दर्भमा सातै प्रदेश पुगेर फर्केको र पछिल्लो समय मोरङ, सुनसरी र झापाका विभिन्न कार्यक्रममा पुगेर आएको जानकारी दिँदै उनले पार्टीप्रति जनआकर्षण बढ्दै गएको बताए ।

उनले भने, ‘अरुबेला सरकार छाडेपछि कार्यकर्ता र समर्थकमा निराशाजस्ता देखिन्थ्यो तर, अहिले भने सबैतिर उत्साह देखिएको छ, हामीलाई राम्रो काम गर्दागर्दै भ्रष्ट, माफिया र दलालहरुले हटाएको जनताले बुझ्दै गएका छन् ।’

उनले थप भने, ‘सरकारका पछिल्ला एकपछि अर्को विवादित कामले अझ बढी जनताले देशका लागि केही गर्ने त माओवादी नै रहेछ भन्ने बुझ्न थालेका छन् । यसलाई अवसरमा बदलेर अघि बढ्नुपर्छ ।’

त्यसका लागि पार्टीलाई थप सुदृढ र एकताबद्ध बनाउनुको विकल्प नभएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले केन्द्रीय समिति बैठकबाट संगठन सुदृढीकरण र जनपरिचालनका कार्यक्रम बनाएर जाने बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register