भैंसेपाटी स्पोर्ट्स एकेडेमी सञ्चालनमा 

ललितपुर ।  ललितपुर महानगरपालिका–२१ खोकना सिकालीमर्गमा भैंसेपाटी स्पोर्ट्स  एकेडेमीको सुरुवात गरिएको छ । एकेडेमीको प्राङ्गणमा एकेडेमीको उद्घाटन गरिएको हो ।  एकेकेमीमा ब्याडमिन्टन, सौना, स्टिम लगायत सुविधा उपलब्ध छ ।   एकेडेमीको महानगरका वडा नम्बर १८ का वडाध्यक्ष दामोदर खड्का, २१ का वडाध्यक्ष रवीन्द्र महर्जन र ब्याडमिन्टनका पूर्व राष्ट्रिय खेलाडी  कुमार मोहनबहादुर शाहीले संयुक्त रूपमा उद्घाटन […]

Sep 19, 2024 - 09:26
 0
भैंसेपाटी स्पोर्ट्स एकेडेमी सञ्चालनमा 

ललितपुर ।

 ललितपुर महानगरपालिका–२१ खोकना सिकालीमर्गमा भैंसेपाटी स्पोर्ट्स  एकेडेमीको सुरुवात गरिएको छ । एकेडेमीको प्राङ्गणमा एकेडेमीको उद्घाटन गरिएको हो ।  एकेकेमीमा ब्याडमिन्टन, सौना, स्टिम लगायत सुविधा उपलब्ध छ ।

  एकेडेमीको महानगरका वडा नम्बर १८ का वडाध्यक्ष दामोदर खड्का, २१ का वडाध्यक्ष रवीन्द्र महर्जन र ब्याडमिन्टनका पूर्व राष्ट्रिय खेलाडी  कुमार मोहनबहादुर शाहीले संयुक्त रूपमा उद्घाटन गरेका हुन् । करिब ५ रोपनी क्षेत्रफलमा फैलिएको एकेडेमीमा २ वटा ब्याडमिन्टन कोर्ट रहेका छन् । कोर्टभित्र फिटनेसका विभिन्न सामाग्री राखिएको छ ।

कोर्टमा आवश्यकता अनुसार टेबल टेनिसको बोर्ड हालेर प्रशिक्षण तथा प्रतियोगिता सञ्चालन गरिने एकेडेमीका अध्यक्ष मिलन थापाले जानकारी दिए । सैंबु, भैसेपाटी, बुंगमति र खोकना क्षेत्रका बासिन्दा र विद्यालयलाई लक्षित गरी एकेडेमीको सुरुवात गरेको उनले बताए । उनले भने –यहाँ हामीमात्र खेल्दैनौ, युवापुस्ता र स्कुले वालबालिकालाई समेत प्रशिक्षण गर्न मिल्ने गरी सपोर्टस एकेडेमी सञ्चालन गरेको बताए । हालको संरचनासंगै निकट भविष्यमा स्वीमिङ पुल बनाउने तयारीमा छौ–अध्यक्ष थापाको भनाई थियो ।पैसा कमाउने उद्देश्यले नभै सबै व्यक्तिलाई स्वस्थ बनाउने र नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले एकेडेमी खोलिएको उनले  जानकारी दिए ।

 करिब ६ महिनामा अवधिमा तयार भएको एकेडेमी सो क्षेत्रको सबभन्दा ठुलो हो । २ करोड ५० लाखको लगानीमा एकेडेमीको हल, कोर्ट, पार्किङ निर्माण भएको छ । अब करिब साढे २ करोड लगानीमा स्वीमिङपुल निर्माण गर्ने तयारीमा रहेको अध्यक्ष थापाको भनाई छ ।

  कार्यक्रममा पूर्व राष्ट्रिय खेलाडी कुमार मोहनबहादुर शाहीले पेट घटाउने खेलका रूपमा मात्र ब्याडमिन्टन नभई नयाँ खेलाडी उत्पादनमा पनि एकेडेमीले भूमिका खेल्नुपर्ने बताए । उनले बुढाले खेल्नेमात्र हुन थालेको यस खेलमा युवालाई समेत आकर्षण गर्न योजना ल्याउनुपर्ने बताए । ‘म भैसेपाटीको स्थानीयवासी हुँ । यहाँका अधिकांश ब्यामिन्टन खेलाडी ४० नाघेका छन्, कतै युवा र वालपुस्ता देखिन’ उनले भने। 

 नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीप्रसाद श्रेष्ठले ब्याडमिण्टनका प्रतियोगिता गर्दा र खेलाडी छनोट गर्दा एकेडेमीसँगको सहकार्यलाई पनि प्राथमिकता दिने वचन दिए । उनले  यस एकेडेमीबाट उपलब्ध खेलाडीलाई रेफ्रीको रुपामा तालिम दिन संघ तयार रहेको जानकारी दिए । उनले एकेडेमीमा विद्यालयका बालबालिका र युवा लक्षित तालिम सञ्चालन गर्नुपर्ने बताए।

संघका पूर्व अध्यक्ष प्रकाशबहादुर शाहीले नेपालको ब्याडमिन्टन विकासका लागि यो एकेडेमी कोसेढुङ्गा साबित हुने बताए । 

कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिका–१८का अध्यक्ष दामोदर खड्काले सो क्षेत्रमा स्पोर्टस एकेडेमी सञ्चालन गरेकोमा खुसी व्यक्त गरे । स्थानीय मिलन थापा लगायत टिमले शुरु गरेको यो एकेडेमी सबैको साझा भएको बताउँदै भने–यस एकेडेमीमा वडाले विद्यालय लक्षित प्रशिक्षण सञ्चालन गर्नेछौ । ४५ नाघेकाले मात्रै खेल्नेजस्तो भएको यस खेललाई वालमैत्री र युवामैत्री बनाउनेछौ ।

 ललितपुर महानगरपालिका–२१ का अध्यक्ष रवीन्द्र महर्जनले आफ्नो वडामा एकेडेमी सञ्चालन भएकोमा खुसी व्यक्त गरे । उनले एमेडेमीलाई आफू र वडावासीको तर्फबाट सहयोग गर्न तयार रहेको बताए ।

कार्यक्रममा शेयर सदस्य गणेश ज्ञवालीले ३ करोड ५० लाख रुपियाँ  लागतमा निर्माण भएको एकेडेमीमा स्टिम,सौना, ब्याडमिन्टन, क्रसबार, जिमका विभिन्न खेल सामाग्री राखिएको बताए । उनले सबै संरचना अन्तर्राष्ट्रिय स्तरको भएको जानकारी दिँदै भविष्यमा विभिन्न प्रकारको तालिम सञ्चालन गर्ने  बताए । 

कार्यक्रममा शेयर सदस्य एवं क्योकुसिन कराटे महासंघका अध्यक्ष शालिकराम कुँवरले एकेडेमीलाई उच्च स्तरको खेलकुदको विकास गर्न तयार भएको बताए ।  एकेडेमीमा १३ जना शेयर सदस्य रहेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register