मरिण खोलामा डुबेर एक जनाको मृत्यु 

सिन्धुली ।  सिन्धुलीको कमलामाई नगरपालिका २ कुसुमटार स्थित मरिण खोलामा आज डुबेर एक जना किशोरको मृत्यु भएको छ । गोलन्जोर गाउँपालिका वडा नम्बर ५ खनियाखर्कका १९ बर्षका लाल बहादुर खपाङ्गी मगरको पौडी खेल्नेक्रममा खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।  पढ्नको लागि हाल कमलामाई नगरपालिका ६ पानीट्याङ्कीमा कोठा लिई बस्दै आएका […]

Sep 19, 2024 - 09:46
 0
मरिण खोलामा डुबेर एक जनाको मृत्यु 

सिन्धुली । 

सिन्धुलीको कमलामाई नगरपालिका २ कुसुमटार स्थित मरिण खोलामा आज डुबेर एक जना किशोरको मृत्यु भएको छ । गोलन्जोर गाउँपालिका वडा नम्बर ५ खनियाखर्कका १९ बर्षका लाल बहादुर खपाङ्गी मगरको पौडी खेल्नेक्रममा खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

 पढ्नको लागि हाल कमलामाई नगरपालिका ६ पानीट्याङ्कीमा कोठा लिई बस्दै आएका मगर आज दिउँसो पौडी खेल्न साथीहरुसँग मरिण खोला पुगेका थिए । पौडी खेल्न नआई पानीमा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register