मौसम : तीन दिनसम्म भारी वर्षाको सम्भावना

काठमाडौं । अबको तीन दिनसम्म भारी वर्षाको सम्भावना रहेको छ । खासगरी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्हरूले जनाएका छन् । हाल मनसुनको न्यूनचापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतिर र पूर्वमा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। अहिले देशभर मनसुनी वायुको प्रभाव छ । आज बिहान देशभरको मौसम आंशिकदेखि साधारणतया बदली छ । कोशी र बागमती […]

Sep 21, 2024 - 02:09
 0
मौसम : तीन दिनसम्म भारी वर्षाको सम्भावना

काठमाडौं । अबको तीन दिनसम्म भारी वर्षाको सम्भावना रहेको छ । खासगरी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्हरूले जनाएका छन् ।

हाल मनसुनको न्यूनचापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतिर र पूर्वमा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। अहिले देशभर मनसुनी वायुको प्रभाव छ ।

आज बिहान देशभरको मौसम आंशिकदेखि साधारणतया बदली छ । कोशी र बागमती प्रदेशका थोरै स्थान तथा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा अहिले चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोसी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा दिउँसो मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा आजा दिउँसो भारी वर्षाको पनि सम्भावना छ ।

आज राति पनि देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने छ । बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले शनिबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register