एरिका पुगिन् एसियन च्याम्पियनसिपको फाइनल

काठमाडौं । चीनमा जारी २०औं एसियन कराते च्याम्पियनसिपमा एरिका गुरुङ फाइनल प्रवेश गरेकी छन् । शुक्रबार भएको खेलमा महिला ६८ केजी तौल समूहमा थाइल्यान्डकी केवालिन सोङक्लिनलाई ८-० ले पराजित गर्दै एरिका फाइनलमा पुगेकी हुन् । योसँगै एरिका एसियन च्याम्पियनसिपमा फाइनल पुग्ने पहिलो नेपाली खेलाडी बनेकी छन् । एरिकाले प्री-क्वार्टरफाइनलमा फिलिपिन्सकी इसाबेल अरिएन्ने ब्रिटोलाई ४-० तथा […]

Sep 21, 2024 - 02:09
 0
एरिका पुगिन् एसियन च्याम्पियनसिपको फाइनल

काठमाडौं । चीनमा जारी २०औं एसियन कराते च्याम्पियनसिपमा एरिका गुरुङ फाइनल प्रवेश गरेकी छन् ।

शुक्रबार भएको खेलमा महिला ६८ केजी तौल समूहमा थाइल्यान्डकी केवालिन सोङक्लिनलाई ८-० ले पराजित गर्दै एरिका फाइनलमा पुगेकी हुन् । योसँगै एरिका एसियन च्याम्पियनसिपमा फाइनल पुग्ने पहिलो नेपाली खेलाडी बनेकी छन् ।

एरिकाले प्री-क्वार्टरफाइनलमा फिलिपिन्सकी इसाबेल अरिएन्ने ब्रिटोलाई ४-० तथा क्वार्टरफाइनलमा काजकिस्तानकी सोफिया बेरुल्टसेभालाई पराजित गरेकी थिइन् ।

उपाधिका लागि एरिकाले आइतबार भियतनामकी नाओन थि नुयेनसँग खेल्नेछिन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register