प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ । राष्ट्रसंघको ७९ औँ महासभामा भाग लिन स‌युक्त राज्य अमेरिकाको न्यूयोर्क पुगेका प्रधानमन्त्री ओलीले त्यसक्रममा राष्ट्रसंघका महासचिव गुटेरेससँग औपचारिक भेटवार्ता गरेका हुन् । प्रधानमन्त्री ओलीले स्थानीय समयअनुसार शनिबार साँझ ६ बजे महासचिव गुटेरेससँग भेटवार्ता गरेका उनको सचिवालयले जनाएको छ । […]

Sep 22, 2024 - 00:45
 0
प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ ।

राष्ट्रसंघको ७९ औँ महासभामा भाग लिन स‌युक्त राज्य अमेरिकाको न्यूयोर्क पुगेका प्रधानमन्त्री ओलीले त्यसक्रममा राष्ट्रसंघका महासचिव गुटेरेससँग औपचारिक भेटवार्ता गरेका हुन् । प्रधानमन्त्री ओलीले स्थानीय समयअनुसार शनिबार साँझ ६ बजे महासचिव गुटेरेससँग भेटवार्ता गरेका उनको सचिवालयले जनाएको छ ।

त्यसअघि शनिबारै प्रधानमन्त्री ओलीले जीवाष्म इन्धनमुक्त संसदीय सञ्जाल (पार्लियामेन्टेरियन्स फर फोसिल फ्युल फ्रि) को कार्यक्रममा मुख्य वक्ताका रूपमा सम्बोधन गरेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register