सुनको मूल्य हालसम्मकै उच्च, तोलामै १७ सय रुपैयाँ बढ्यो
काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १७ सय रुपैयाँले बढेको हो । कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ५७ हजार एक सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १७ सय रुपैयाँले बढेर एक लाख ५८ हजार ८ सय […]
काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १७ सय रुपैयाँले बढेको हो ।
कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ५७ हजार एक सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १७ सय रुपैयाँले बढेर एक लाख ५८ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य ५ रुपैयाँले बढेर प्रतितोला १९२० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख ३६ हजार एक सय ४५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १६४६ रुपैयाँ कायम गरेको छ ।
सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।
What's Your Reaction?