सुनको मूल्य हालसम्मकै उच्च

झापा, ६ असोज । स्थानीय बजारमा आज सुनको मूल्यले पुनः नयाँ कीर्तिमान कायम गरेको छ । लगातार वृद्धि हुँदै आएको सुनको मूल्यमा आज भएको वृद्धिपछि हालसम्मकै उच्च मूल्य कायम भएको हो । अन्तर्राष्ट्रिय बजारमा पनि लगातार सुनमा मूल्य वृद्धि हुँदा त्यसको प्रभाव स्थानीय बजारमा परेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तोलामा रु [...] The post सुनको मूल्य हालसम्मकै उच्च appeared first on Jhapa Online.

Sep 22, 2024 - 10:02
 0
सुनको मूल्य हालसम्मकै उच्च

झापा, ६ असोज । स्थानीय बजारमा आज सुनको मूल्यले पुनः नयाँ कीर्तिमान कायम गरेको छ । लगातार वृद्धि हुँदै आएको सुनको मूल्यमा आज भएको वृद्धिपछि हालसम्मकै उच्च मूल्य कायम भएको हो । अन्तर्राष्ट्रिय बजारमा पनि लगातार सुनमा मूल्य वृद्धि हुँदा त्यसको प्रभाव स्थानीय बजारमा परेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तोलामा रु एक हजार सात सयले वृद्धि भएको छ । शुक्रबार प्रतितोला रु एक लाख ५७ हजार एक सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ५८ हजार आठ सय निर्धारण भएको छ । असोज १ गतेको तुलनामा आजको मूल्य सूची अनुसार छापावाला सुन तोलामा रु दुई हजार एक सयले वृद्धि भएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा रु पाँचले वृद्धि भएको छ । शुक्रबार प्रतितोला रु एक हजार नौ सय १५ मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार नौ सय २० निर्धारण भएको छ ।

The post सुनको मूल्य हालसम्मकै उच्च appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register