फराकिलो बन्दै न्युरोडको फुटपाथ… (फोटो-कथा) 

काठमाडौँ । न्यूरोडमा फुटपाथ विस्तारको काम अन्तिम चरणमा पुगेको छ । पटक पटकको विवाद पछि अहिले भने काठमाडौँ महानगरपालिका वडा नं. २४ को फुटपाथ विस्तार कार्य अन्तिम चरणमा पुगेको हो । उच्च अदालत पाटनले  न्यूरोडमा फुटपाथ विस्तार रोक्ने गरी डिभिजन सडक कार्यालयले काठमाडौं महानगरपालिकालाई लेखेको पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएसँगै महानगरले फुटपाथ विस्तार गर्न […]

Sep 22, 2024 - 10:09
 0
फराकिलो बन्दै न्युरोडको फुटपाथ… (फोटो-कथा) 

काठमाडौँ । न्यूरोडमा फुटपाथ विस्तारको काम अन्तिम चरणमा पुगेको छ । पटक पटकको विवाद पछि अहिले भने काठमाडौँ महानगरपालिका वडा नं. २४ को फुटपाथ विस्तार कार्य अन्तिम चरणमा पुगेको हो ।

उच्च अदालत पाटनले  न्यूरोडमा फुटपाथ विस्तार रोक्ने गरी डिभिजन सडक कार्यालयले काठमाडौं महानगरपालिकालाई लेखेको पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएसँगै महानगरले फुटपाथ विस्तार गर्न बाटो खुलेको थियो ।
काठमाडौं महानगरपालिकाले न्यूरोडमा फुटपाथ विस्तारका लागि सडकको कालोपत्रे समेत भत्काइसकेको थियो । तर सडक डिभिजन कार्यालयले हस्तक्षेप गरेर सामान जफत गर्नुका साथै पछि महानगरपालिकाले काटेको कालोपत्रे पनि टालेको थियो ।
यसरी सडक डिभिजन कार्यालय, वडा र स्थानियहरुसँगको पटक पटकको विवाद पश्चात अहिले भने सो क्षेत्रको फुटपाथ फराकिलो बनेको छ । बाँकी तस्वीरमा हेर्नुहोस् :

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register