सहकारी ठगी प्रकरण : पूर्वडीआईजी छविलाल जोशी पक्राउ

काठमाडौं । सहकारी ठगी प्रकरणमा पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेका छन् । प्रहरीले आइतबार काठमाडौंबाट पक्राउ गरेको हो । गृहमन्त्री रमेश लेखकले आइतबार सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न प्रहरीलाई निर्देशन दिएको केही समयमै जोशी पक्राउ परेका हुन् । उनी गोर्खा मिडियाका पूर्वसञ्चालकमध्ये एक हुन् । सहकारी छानबिन समितिले जोशीसहित गोर्खा मिडियाका कार्यकारी अध्यक्ष […]

Sep 22, 2024 - 13:13
 0
सहकारी ठगी प्रकरण : पूर्वडीआईजी छविलाल जोशी पक्राउ

काठमाडौं । सहकारी ठगी प्रकरणमा पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेका छन् ।

प्रहरीले आइतबार काठमाडौंबाट पक्राउ गरेको हो ।

गृहमन्त्री रमेश लेखकले आइतबार सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न प्रहरीलाई निर्देशन दिएको केही समयमै जोशी पक्राउ परेका हुन् ।

उनी गोर्खा मिडियाका पूर्वसञ्चालकमध्ये एक हुन् । सहकारी छानबिन समितिले जोशीसहित गोर्खा मिडियाका कार्यकारी अध्यक्ष जीबी राई, सञ्चालक रवि लामिछानेलाई पनि  कारबाही गर्न सिफारिस गरेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register