रवि लामिछाने पक्राउ पर्न लागेको सूचना पछि रास्वपाले बोलायो आकस्मिक बैठक, पार्टी कार्यालयमा कार्यकर्ता खचाखच !

काठमाडौँ । सहकारी ठगी प्रकरणमा प्रहरीले रवि लामिछानेलाई पक्राउको तयारी गरेपछि पार्टीले आफ्ना कार्यकर्तालाई केन्द्रीय कार्यालयमा आउन सर्कुलर जारी गरेको छ । रास्वपा बागमती प्रदेशका सभापति डा. अच्युत्तम लामिछानेले उपत्यकाका पार्टी सदस्यहरुलाई केन्द्रीय कार्यालयमा जम्मा हुन आग्रह गरेका हुन् । रास्वपाका नेताहरुका अनुसार लामिछानेसहित केन्द्रीय नेताहरु पार्टी कार्यालय बनस्थलीमा छन् । गोर्खा मिडिया नेटवर्क प्रालिका […]

Sep 22, 2024 - 14:17
 0
रवि लामिछाने पक्राउ पर्न लागेको सूचना पछि रास्वपाले बोलायो आकस्मिक बैठक, पार्टी कार्यालयमा कार्यकर्ता खचाखच !

काठमाडौँ । सहकारी ठगी प्रकरणमा प्रहरीले रवि लामिछानेलाई पक्राउको तयारी गरेपछि पार्टीले आफ्ना कार्यकर्तालाई केन्द्रीय कार्यालयमा आउन सर्कुलर जारी गरेको छ । रास्वपा बागमती प्रदेशका सभापति डा. अच्युत्तम लामिछानेले उपत्यकाका पार्टी सदस्यहरुलाई केन्द्रीय कार्यालयमा जम्मा हुन आग्रह गरेका हुन् ।

रास्वपाका नेताहरुका अनुसार लामिछानेसहित केन्द्रीय नेताहरु पार्टी कार्यालय बनस्थलीमा छन् । गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन सञ्चालक पूर्वडीआइजी छविलाल जोशीलाई प्रहरीले आइतबार प्रक्राउ गरेपछि रवि लामिछानेलाई पनि पक्राउको तयारी भएको हो ।

लामिछानेलाई पक्राउ गर्न लागिएको भन्दै रास्वपाका कार्यकर्ताहरु आक्रोशित बनेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register