गोर्खा वार्ता प्राविधिक संयन्त्रको बैठक मंगलबार

लन्डन । भूतपूर्व गोर्खाहरुका माग सम्बन्धमा जारी त्रिपक्षीय वार्ताअन्तर्गत प्राविधिक संयन्त्रको अर्को बैठक तय भएको छ । नयाँ चरणको वार्ताको तयारीका क्रममा यही मंगलबार संयन्त्रको भर्चुअल बैठक हुन लागेको वार्ताका गोर्खा नेगोसिएटर मेजर रिटायर्ड जुदबहादुर गुरुङले जानकारी दिए । उक्त बैठक अदालतबाट गोर्खा अपिल जितेपछि यस फैसला कार्यान्वयन, अध्यागमन फि मिनाह लगायत इमिग्रेसन एजेन्डामा केन्द्रित […]

Sep 22, 2024 - 13:59
 0
गोर्खा वार्ता प्राविधिक संयन्त्रको बैठक मंगलबार


लन्डन । भूतपूर्व गोर्खाहरुका माग सम्बन्धमा जारी त्रिपक्षीय वार्ताअन्तर्गत प्राविधिक संयन्त्रको अर्को बैठक तय भएको छ ।

नयाँ चरणको वार्ताको तयारीका क्रममा यही मंगलबार संयन्त्रको भर्चुअल बैठक हुन लागेको वार्ताका गोर्खा नेगोसिएटर मेजर रिटायर्ड जुदबहादुर गुरुङले जानकारी दिए ।

उक्त बैठक अदालतबाट गोर्खा अपिल जितेपछि यस फैसला कार्यान्वयन, अध्यागमन फि मिनाह लगायत इमिग्रेसन एजेन्डामा केन्द्रित रहने जनाइएको छ ।

वार्ताअघि विषयगत रुपमा प्राविधिक स्तरमा छुट्टाछुट्टै छलफलकै श्रृंखला क्रममा इमिग्रेसनसम्बन्धी विषयमा बैठक बस्न लागेको हो ।

गोर्खा नेगोसिएटर मेजर रिटायर्ड जुदबहादुर गुरुङ

बैठकमा लन्डनस्थित नेपाली दूतावासका अधिकारी र जीटेन समूहका पूर्व गोर्खा प्रतिनिधिसंगै बेलायती गृह मन्त्रालय अन्तर्गतका अधिकारीहरुको सहभागिता रहनेछ ।

गोर्खाहरुका मागका सम्बन्धमा पछिल्लो तीन वर्षदेखि जारी त्रिपक्षीय वार्ताअन्तर्गत यसअघि प्राविधिक संयन्त्रका १२ बैठक भइसकेका छन् । प्राविधिक स्तरमा गोर्खा मुद्धामा घनीभूत छलफल हुंदै आएपनि वार्तामा अपेक्षित उपलब्धि हासिल नभएकोमा भने गोर्खाहरु निराश बन्दै गएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register