सहकारी छानबिन समितिको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय विशेष छानबिन समितिले बुझाएको प्रतिवेदन कार्यान्वयनका लागि नेपाल प्रहरीलाई निर्देशन दिएका छन्। आइतबार प्रहरी प्रधान कार्यालयमा प्रतिवेदन पठाउँदै गृहमन्त्री लेखकले तत्काल कार्यान्वयनका लागि निर्देशन दिएको गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ। मन्त्रीपरिषद्को बैठकले छानबिन समितिको प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयमा पठाएको थियो। सोही अनुरुप गृह […]

Sep 22, 2024 - 12:51
 0
सहकारी छानबिन समितिको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं ।

गृहमन्त्री रमेश लेखकले सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय विशेष छानबिन समितिले बुझाएको प्रतिवेदन कार्यान्वयनका लागि नेपाल प्रहरीलाई निर्देशन दिएका छन्।

आइतबार प्रहरी प्रधान कार्यालयमा प्रतिवेदन पठाउँदै गृहमन्त्री लेखकले तत्काल कार्यान्वयनका लागि निर्देशन दिएको गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

मन्त्रीपरिषद्को बैठकले छानबिन समितिको प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयमा पठाएको थियो। सोही अनुरुप गृह मन्त्रालयमा प्राप्त निर्देशनलाई कार्यान्वयन गर्न गृहमन्त्री रमेश लेखकले प्रहरी प्रधान कार्यालयलाई तत्काल कदम चाल्न निर्देशन दिएका हुन्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register