युके पेसेस परीक्षा अब नेपालमै, दोस्रो एमआरसिपी सफलतापूर्वक सम्पन्न

काठमाडाैं । दोस्रो एमआरसिपी युके पेसेस परीक्षा शुक्रबार नेपाल मेडिसिटी अस्पतालमा सम्पन्न भएको छ । मेडिसिटीलाई परीक्षा केन्द्र बनाइएको पेसेस परीक्षा असोज २ गतेबाट शुरु भएको थियो । यो परीक्षा तीन दिनसम्म चलेको थियो । “यो फिजिसियन चिकित्सकहरुको प्रयोगात्मक परीक्षा हो । यसमा भाग लिन पहिले दुईवटा लिखित परीक्षामा उत्तीर्ण हुनुपर्छ,” परीक्षाका निरीक्षक तथा नेपाल […]

Sep 22, 2024 - 11:19
 0
युके पेसेस परीक्षा अब नेपालमै, दोस्रो एमआरसिपी सफलतापूर्वक सम्पन्न

काठमाडाैं ।


दोस्रो एमआरसिपी युके पेसेस परीक्षा शुक्रबार नेपाल मेडिसिटी अस्पतालमा सम्पन्न भएको छ । मेडिसिटीलाई परीक्षा केन्द्र बनाइएको पेसेस परीक्षा असोज २ गतेबाट शुरु भएको थियो । यो परीक्षा तीन दिनसम्म चलेको थियो ।


“यो फिजिसियन चिकित्सकहरुको प्रयोगात्मक परीक्षा हो । यसमा भाग लिन पहिले दुईवटा लिखित परीक्षामा उत्तीर्ण हुनुपर्छ,” परीक्षाका निरीक्षक तथा नेपाल मेडिसिटीका कन्सल्टेन्ट डा.निरज जोसीले भन्नुभयो । परीक्षामा पाँचवटा स्टेशनहरू राखिएका थिए जसको माध्यमबाट परीक्षार्थीहरूलाई उनीहरूको ज्ञान, क्लिनिकल सीप, बिरामीको स्वायत्तता र सञ्चारको सम्मान गर्ने क्षमताको लागि मूल्याङ्कन गरिएको थियो ।

एमआरसिपी युके चिकित्सकहरूको लागि विश्वव्यापी रूपमा मान्यता प्राप्त योग्यता हो । यो योग्यता प्राप्त गर्नाले प्रशिक्षार्थी चिकित्सकले आफ्ना बिरामीहरूलाई उत्कृष्ट योग्य चिकित्सकको रूपमा सेवा गर्न उपयुक्त ज्ञान, सीप र मनोवृत्ति हासिल गरेको प्रमाणित गर्छ ।

यो परीक्षामा उत्तीर्ण भएका चिकित्सकहरुले एमआरसिपी युकेबाट अनुमति पाएका जुनै सुकै अस्पतालमा काम गर्न सक्दछन् ।
नेपाल मेडिसिटीले गत वर्षदेखि पेसेस परीक्षा सञ्चालन गर्दै आएको छ । बेलायतबाट आयोजना गरिने परीक्षामा यस वर्ष ४५ जना परीक्षार्थीहरु सहभागी भएका थिए । उक्त परीक्षाका लागि बेलायत, नेपाल, बंगलादेश, साउदी अरेबिया, टर्की, भारत, मलेसिया, नाइजेरीया, युएई, माल्दिभस, इराकबाट परीक्षार्थीहरु आएका थिए । त्यस्तै, परीक्षा सञ्चालन गर्न बेलायतबाट पाँच जना र नेपालबाटै १० जना परीक्षकहरुको उपस्थिति रहेको थियो ।

डा. तान्जीम राजा –एक्युट मेडिसिन, डा. डोनाल्ड फकुहर –जेनेरल इन्टरनल मेडिसिन, डा. पिटर न्युम्यान –न्यूरोलोजी, डा. सत्यन राजभण्डारी –इन्डोक्राइनोलोजी एण्ड डाइबेटोलोजी, डा. प्रवल दत्त –रिहाबिलिटेसन मेडिसिन बेलायतबाट परीक्षा निरीक्षणका लागि आएका हुन् ।

त्यस्तै, नेपालबाट डा. धिरज मानन्धर – रिनल मेडिसिन, डा. सुदिप श्रेष्ठ –अंकोलोजी, डा. रबिन्द्र भक्त श्रेष्ठ –न्यूरोलोजी, डा. सितल अधिकारी –रेस्पिरेटोरी मेडिसिन, डा. सञ्जित कृष्ण श्रेष्ठ –रेस्पिरेटोरी मेडिसिन र डा. अर्पना न्यौपाने –इन्र्टनल मेडिसिन तथा इन्टेन्सिभ कियर, डा. अरुण मास्के –कार्डियोलोजी, डा. यादव के यादव– कार्डियोलोजी, डा. बुद्धि पौडेल –रुमाटोलोजी, डा. महेश सिग्देल–रेनल मेडिसिन परीक्षकका रुपमा सहभागि भएका थिए ।

उनीहरु रोयल कलेज अफ फिजिसियनस् अफ एडिनबर्ग, रोयल कलेज अफ फिजिसियनस् एण्ड सर्जनस् अफ ग्लासगो र रोयल कलेज अफ फिजिसियन लण्डनबाट आएका हुन् । डा.निरज जोसीका अनुसार युके पेसिस परीक्षामा डाक्टरको क्लिनिकल विशेषज्ञताको मूल्याङ्कन गर्न तथा विशेषज्ञतालाई थप निखार बनाई सीप परीक्षण गरिन्छ ।

हाल धेरै चिकित्सकहरूले यो परीक्षा लिन र एमआरसिपी युके योग्यता पूरा गर्नको लागि बेलायतको यात्रा गर्नुपर्ने अवस्था थियो । नेपालमा यस परीक्षाको लागि केन्द्र खोलिँदा त्यस्ता सबै चिकित्सकहरूलाई आफ्नै देश या नजिकको केन्द्रमा परीक्षा दिने वातावरण बनेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register