रास्वपाले भन्यो-सरकारले मिडिया ट्रायल गरिरहेको छ, सुसंस्कृत राजनीतिबाट प्रतिवाद गर्छौं

काठमाडौं । सहकारी ठगी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउको तयारीपछि रास्वपाले मिडिया ट्रायल गरेको आरोप लगाएको छ । आइतबार साँझ पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसेको बैठकपछि पार्टी उपसभापति डीपी अर्यालले सरकारले मिडिया ट्रायल गरिरहेको आरोप लगाएका हुन् । उनले भने, ‘हामी सकेसम्म सुसंस्कृत राजनीतिबाट प्रतिवाद गर्छौं ।’ बैठकले सभापति […]

Sep 22, 2024 - 17:01
 0
रास्वपाले भन्यो-सरकारले मिडिया ट्रायल गरिरहेको छ, सुसंस्कृत राजनीतिबाट प्रतिवाद गर्छौं

काठमाडौं । सहकारी ठगी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउको तयारीपछि रास्वपाले मिडिया ट्रायल गरेको आरोप लगाएको छ । आइतबार साँझ पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसेको बैठकपछि पार्टी उपसभापति डीपी अर्यालले सरकारले मिडिया ट्रायल गरिरहेको आरोप लगाएका हुन् । उनले भने, ‘हामी सकेसम्म सुसंस्कृत राजनीतिबाट प्रतिवाद गर्छौं ।’

बैठकले सभापति लामिछानेलाई पक्राउ गर्ने कदमको प्रतिवाद गर्ने निर्णय समेत गरेको छ । रास्वपाका संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले सरकारले नयाँ अभिव्यक्ति र नयाँ शक्तिलाई दबाउन खोजेको भन्दै सभापतिमाथि ज्यादति गर्न खोजेको बताए ।

पार्टी कार्यालय बनस्थलीमा जम्मा भएका कार्यकर्तालाई धन्यवाद दिँदै उनले भने, ‘सरकारले ज्यादति गरिरहेको छ। तपाईँहरू सबैलाई धन्यवाद यति छोटो सूचनामा यतिका साथीहरू यहाँ आउनु भयो। ’  उनले आफूहरु अहिले कानुनी परामर्शमै रहेको बताए । उनले सरकारलाई यसबारे निर्णय सच्याउन आग्रह गर्ने समेत बताए ।

अहिले रास्वपाको केन्द्रीय कार्यालयमा नेता कार्यकर्ताहरूको भिड लागेको छ। वनस्थलीस्थित कार्यालयमा नेता कार्यकर्ताले अहिले पनि लामिछानेको पक्षमा नाराबाजी गरिरहेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register