अत्यधिक गर्मीका कारण झापामा एक जनाको मृत्यु, जनजीवन प्रभावित

चन्द्र बस्नेतकनकाई ६ असोज । अत्यधिक गर्मीका कारण झापासहित पूर्वी तराईको जनजीवन प्रभावित बनेको छ । केही दिनदेखि बढिरहेको गर्मीका कारण मानिसहरू ढल्न थालेका छन् । केही दिन अघि गिरीबन्धु टी ई स्टेटनजिक मृत फेला परेकी महिलाको अत्यधिक गर्मीकै कारण मृत्यु भएको प्रहरीले जनाएको छ । गर्मीका कारण बिर्तामोड ६ की ३६ वर्षीया राधिका जोगीको [...] The post अत्यधिक गर्मीका कारण झापामा एक जनाको मृत्यु, जनजीवन प्रभावित appeared first on Jhapa Online.

Sep 22, 2024 - 16:26
 0
अत्यधिक गर्मीका कारण झापामा एक जनाको मृत्यु, जनजीवन प्रभावित

चन्द्र बस्नेत
कनकाई ६ असोज ।
अत्यधिक गर्मीका कारण झापासहित पूर्वी तराईको जनजीवन प्रभावित बनेको छ ।

केही दिनदेखि बढिरहेको गर्मीका कारण मानिसहरू ढल्न थालेका छन् । केही दिन अघि गिरीबन्धु टी ई स्टेटनजिक मृत फेला परेकी महिलाको अत्यधिक गर्मीकै कारण मृत्यु भएको प्रहरीले जनाएको छ ।

गर्मीका कारण बिर्तामोड ६ की ३६ वर्षीया राधिका जोगीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले जानकारी दिनुभयो ।

त्यस्तै कनकाईको कोटीहोम क्षेत्रमा एक जना वृद्धा आज अत्यधिक गर्मीका कारण ढलेकी छन् । कोटीहोम क्षेत्रमा लडिरहेको भेटेपछि उनलाई राधाकृष्ण मन्दिर श्याम कुटीमा केही समय राखेको र सुरुङ्गामा रहेकोे स्वास्थ्य केन्द्रमा लागिएको जनाएको छ। बुद्धशान्ति गाउँपालिकाबाट आएको बताउने ती वृद्धाको पहिचान खुल्न बाकी रहेको छ।

नेपालमा यो वर्ष मनसुन केही दिन लम्बिन सक्ने मौसमविद्ले अनुमान गरेका छन् । सामान्यतया अक्टोबर २ तारिखमा मनसुन बाहिरिने भए पनि यसपालिको मनसुन केही दिन लम्बिने सम्भावना बढेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले अनुमान गरेका हुन् ।

मौसमविद् प्रतिभा मानन्धरले भोलि दिउँसो पनि आज जस्तै घाम लाग्ने र भोलि बेलुकादेखि भने देशका भेरै ठाउँमा मौसम बद्ली भई केही दिन पानी पर्ने सम्भावना रहेको तर लगातार झरी भने नपर्ने बताउनुभयो । यस वर्ष दशैँको टिका अक्टोबर १२ अर्थात असोज २६ गते परेको सो समय सम्म हल्का वर्षा हुने सक्ने मौसमविद्ले अनुमान गरेका हुन् ।

गर्मी बढेसँगै कनकाई ३ सुरुङ्गामा रहेकोे हरिकुल नमूना माविले सोमबार एक दिन बिदा दिएको छ। गर्मी अत्याधिक बढेकाले विद्यार्थीको स्वास्थ्यलाई ख्याल गरेर बिदा दिइएको विद्यालय प्रशासनले जनाएको छ।

The post अत्यधिक गर्मीका कारण झापामा एक जनाको मृत्यु, जनजीवन प्रभावित appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register