पेट्रोलियम पर्दाथ अन्वेषणको काम धमाधम, सफलता मिल्ने संकेत

झापा, ६ असोज । दैलेखमा रहेको पेट्रोलियम पर्दाथको अन्वेषण अन्तर्गत ड्रिलिङको काम ५५ प्रतिशत सम्पन्न भएको छ । चार महिना भित्र ड्रिलिङको काम सक्ने गरी २०८१ जेठदेखि काम सुरु गरिएको भएपनि कडा चट्टानका कारण ५५ प्रतिशत मात्र ड्रिलिङको काम सकिएको परियोजनाले जानकारी दिएको छ । खानी तथा भूगर्भ विभागका भूगर्भविद् प्रकाश लुइँटेलले चार हजार मिटर [...] The post पेट्रोलियम पर्दाथ अन्वेषणको काम धमाधम, सफलता मिल्ने संकेत appeared first on Jhapa Online.

Sep 22, 2024 - 15:50
 0
पेट्रोलियम पर्दाथ अन्वेषणको काम धमाधम, सफलता मिल्ने संकेत

झापा, ६ असोज । दैलेखमा रहेको पेट्रोलियम पर्दाथको अन्वेषण अन्तर्गत ड्रिलिङको काम ५५ प्रतिशत सम्पन्न भएको छ ।

चार महिना भित्र ड्रिलिङको काम सक्ने गरी २०८१ जेठदेखि काम सुरु गरिएको भएपनि कडा चट्टानका कारण ५५ प्रतिशत मात्र ड्रिलिङको काम सकिएको परियोजनाले जानकारी दिएको छ ।

खानी तथा भूगर्भ विभागका भूगर्भविद् प्रकाश लुइँटेलले चार हजार मिटर गहिराइसम्म ड्रिलिङ गर्नु पर्नेमा हाल सम्म २ हजार दुई सय मिटर ड्रिलिङ भइसकेको बताउनुभयो । चार महिना भित्र काम सक्ने लक्ष्यका साथ ड्रिलिङ थालिएको भएपनि जमिनमुनी कडा चट्टानले गर्दा ड्रिलिङको काम मङ्सिर मसान्तसम्म सकिने भूगर्भविद् लुइँटेलले बताउनुभयो ।

अहिले विज्ञहरूले २र२ मिटर गहिराइबाट निस्किएका ढुङ्गा र माटो परीक्षण गरी तथ्याङ्क सङ्कलन गरिरहेका छन् । २ हजार सात सय मिटर ड्रिलिङ भएपछि सोर्स रक, रिजर्भ वायर रक र सिल रक गरी थप तीन किसिमको अध्ययन हुने भूगर्भविद् लुइँटेलले जानकारी दिनुभयो । पेट्रोलियम पदार्थ हुनका लागि तय गरेका आवश्यक मापदण्ड अन्तर्गतका सङ्केतहरू सफलतापूर्वक प्राप्त भइरहेको उहाँले जानकारी दिनुभयो ।

अहिले चिनियाँ र नेपाली गरी ७० जनाको समूहले ड्रिलिङको काम धमाधम गरिरहेको छ । पहिलो चरणमा चिनियाँ प्राविधिकहरूले दैलेखको स्थलगत अध्ययन गरेर पेट्रोलियम पदार्थ हुन सक्ने सम्भावित ठाउँ पत्ता लगाएका थिए । त्यसैका आधारमा ड्रिलिङका लागी रिङ्ग हाउस निर्माण गरी ड्रिलिङ कार्य सुरु गरिएको थियो । ड्रिलिङ गरेपछि कति पेट्रोलियम पदार्थ छ भन्ने पत्ता लगाउन सकिने भन्दै भूगर्भविद् लुइँटेलले खानी भेटिएपछि त्यसको आर्थिक विश्लेषण हुने र त्यसपछि मात्र उत्पादनका आवश्यक काम अगाडी बढ्ने बताउनुभयो ।

The post पेट्रोलियम पर्दाथ अन्वेषणको काम धमाधम, सफलता मिल्ने संकेत appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register