कार्यकर्तालाई सम्बोधन गर्दै रविले भने- मैले केही बिराएको छैन, डराउँदिन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूले केही नबिराएको बताएका छन् । पार्टी कार्यालयमा भेला भएका कार्यकर्तालाई आइतबार राति सम्बोधन गर्दै लामिछानले आफूले केही नबिराएका कारण नडराउँने बताए । सम्बोधनका क्रममा उनले भने, ‘मैले केही बिराएको छैन । म डराएको पनि छैन् । सबैलाई हेक्का रहोस् रवि लामिछाने मान्छे बेचेर राजनीतिमा […]

Sep 22, 2024 - 18:25
 0
कार्यकर्तालाई सम्बोधन गर्दै रविले भने- मैले केही बिराएको छैन, डराउँदिन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूले केही नबिराएको बताएका छन् ।

पार्टी कार्यालयमा भेला भएका कार्यकर्तालाई आइतबार राति सम्बोधन गर्दै लामिछानले आफूले केही नबिराएका कारण नडराउँने बताए ।

सम्बोधनका क्रममा उनले भने, ‘मैले केही बिराएको छैन । म डराएको पनि छैन् । सबैलाई हेक्का रहोस् रवि लामिछाने मान्छे बेचेर राजनीतिमा आएको होइन । बेचेका मान्छेलाई बचाएर राजनीतिमा आएको हो ।’

‘संसदीय समितिले छानबिनका क्रममा काहीँ कतै कुनै पनि किसिमको संलग्नता छैन भन्छ । म भागेर लुकेर डराएको होइन। म भागेको पनि छैन, लुकेको पनि छैन । सरकारले जुन ट्रायल गरिरहेको छ मैले बुझ्न सकेको छैन के हो ?, उनले प्रश्न गरे ।’

उनले अगाडी थपे, ‘मैले राजनीतिक प्रतिवेदनमा पनि स्पष्ट पारेको थिएँ । अन्याय गर्न पाइँदैन कसैको सहनशीलता चाहिँदैन।’

सहकारीको रकम अपचलनबारे छानबिनलाई सघाउन तयार रहेको बताउँदै उनले भने, ‘छानबिनलाई सघाउन तयार छु । तर, यो पञ्चायत शैली ठिक भएन । सरकार एउटा मान्छेसँग नयाँ आउँदै गरेको दलसँग डराएको ठिक भएन । म अनि हिजो पनि अन्यायको शिकार भएको थिएँ आज पनि निरन्तर घेराबन्दीमा छु। कानुनी रूपमा राजनीतिक रूपमा र नैतिक रुपमा जुन ठाउँमा पनि सत्यका लागि लड्न तयार छु ।’

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register