बेंगलुरुमा नेपाली महिलाको हत्या : श्रीमान्‌सँग टुटेको थियो सम्बन्ध, घर आउजाउ गर्ने पुरुषमाथि शंका

हेमन्तले महालक्ष्मी र उत्तराखण्डमा काम गर्ने अशरफ नामका युवाबीच प्रेम चलिरहेको आशंका गरेका थिए । यस विषयमा हेमन्त र महालक्ष्मीबीच धेरै झगडा पनि हुन्थ्यो । यही झगडाका कारण करिब ९ महिनादेखि महालक्ष्मी पति हेमन्तसँग अलग बस्न थालेकी थिइन् ।

Sep 24, 2024 - 09:37
 0
बेंगलुरुमा नेपाली महिलाको हत्या : श्रीमान्‌सँग टुटेको थियो सम्बन्ध, घर आउजाउ गर्ने पुरुषमाथि शंका

काठमाडौं । भारतको बेंगलुरुमा एक नेपाली महिलाको निर्मतापूर्वक हत्या घटनामा प्रहरीले अहिलेसम्म कसैलाई पनि पक्राउ गर्न सकेको छैन । हत्या गरी फ्रीज भित्र शवका टुक्रा सडेको अवस्थामा दुर्गन्ध आएपछि केही दिनअघि मात्र घटना बाहिर आएको थियो ।

टाइम्स अफ इन्डियाकाअनुसार एच महालक्ष्मी दासको हत्या भएको हो । गत शनिबार दिउँसो ३ः३० बजे मृतककी आमा र दिदीले उनी बसेको अपार्टमेन्टबाट दुर्गन्ध आएपछि घरधनीले बोलाएर मुख्य ढोका र त्यसपछि फ्रीज खोल्दा हत्या भएको खुलासा भएको थियो ।

महालक्ष्मीको हत्यारा को ?

शवका टुक्रा संकलन गरेपछि प्रहरीले कोठामा महालक्ष्मीको ओछ्यानमा मोबाइल फेला पार्‍यो । मोबाइलको सीडीआर अर्थात् कल डिटेल रेकर्ड जाँच गर्दा यो फोनबाट अन्तिम कल २ सेप्टेम्बरमा भएको पाइयो । त्यसयता उक्त मोबाइलबाट कुनै नम्बरमा फोन गएको वा आएको पाइएन ।

यसबाट बेंगलुरु प्रहरीले महालक्ष्मीको हत्या सेप्टेम्बर २ र ३ को बीचमा गरिएको अनुमान गरेको छ । तर, प्रश्न थियो– महालक्ष्मीलाई कसले किन यति निर्ममतापूर्वक मार्‍यो ? यस विषयमा बेंगलुरु प्रहरीले अनुसन्धान थालेको छ ।

भारतमा नेपाली महिलाको निर्ममतापूर्वक हत्या, फ्रीजमा सडेको अवस्थामा भेटियो शव

श्रीमान्‌‌सँग सन् २०२३ देखि छुट्टिएकी थिइन् महालक्ष्मी

भारतीय अखबार आजतकका अनुसार महालक्ष्मीका आमा र बहिनीसँग प्रारम्भिक सोधपुछ गर्दा सन् २०१९ सम्म पूरै परिवार नेपालमै रहेको खुलेको छ ।

सोही वर्ष महालक्ष्मीको विवाह हेमन्त दास नामका नेपाली केटासँग भयो । विवाहपछि दुवै जना रोजगारी र राम्रो जीवनको आशा लिएर नेपालबाट भारतको बेंगलुरु पुगेका थिए ।

जहाँ हेमन्तले मोबाइल पसलमा काम गर्न थाले भने उनकी पत्नी महालक्ष्मीले प्रख्यात मलको सौन्दर्य पसलमा सेल्सवुमन टिम लिडरको काम पाइन् । उनीहरू बैंगलोरको नीला मंगला क्षेत्रमा भाडाको घरमा बस्न थाले । केही समयपछि छोरीको जन्म भयो ।

सन् २०२३ सम्म उनीहरूको जीवन ठीकठाक चलिरहेको थियो । तर, सन् २०२३ मा हेमन्त र महालक्ष्मी एकअर्कासँग छुट्टिए । छोरी हेमन्तसँग बस्थिन् ।

महालक्ष्मी भने ५ महिनादेखि व्यालिकवाल क्षेत्रमा भाडाको घरमा बस्थिन् । छोरीलाई भेट्न उनी पन्ध्र दिन वा महिनामा एकपटक हेमन्तको घर जान्थिन् ।

श्रीमान् हेमन्तले गर्थे महालक्ष्मीप्रति शंका

प्रहरीको प्रारम्भिकअनुसन्धानमा हेमन्त र महालक्ष्मीबीचको दूरीको कारण त्रिकोणात्मक प्रेम थियो । हेमन्तले महालक्ष्मी र उत्तराखण्डमा काम गर्ने अशरफ नामका युवाबीच प्रेम चलिरहेको आशंका गरेका थिए । यस विषयमा हेमन्त र महालक्ष्मीबीच धेरै झगडा पनि हुन्थ्यो ।

यही झगडाका कारण करिब ९ महिनाअघिदेखि महालक्ष्मी पति हेमन्तसँग अलग बस्न थालेकी थिइन् । केही महिना आमा र बहिनीसँग बसेपछि ५ महिनायता भने उनी एक्लै भाडाको घरमा बसिरहेकी थिइन् ।

छिमेकी सम्बन्ध नराम्रो

छिमेकीहरुका अनुसार महालक्ष्मीको आसपासका मानिससँग राम्रो सम्बन्ध थियो । उनी कसैसँग पनि धेरै बोल्दैन्थिन् । उनी हरेक बिहान साढे नौ बजे काममा जान्थिन् र राति साढे १० बजे घर फर्कने गर्थिन् ।

अपरिचित व्यक्तिले महालक्ष्मीलाई घरबाट लैजाने र ल्याउने गर्दथे । तर, त्यो व्यक्ति को थियो भन्ने कसैलाई थाहा छैन ।

बेंगलुरु प्रहरीका अनुसार अपरिचित व्यक्ति को हो भनेर पत्ता लगाउने प्रयास भइरहेको छ । प्रहरीका अनुसार महालक्ष्मीको हत्यारा पनि त्यही अपरिचित हुनसक्ने सम्भावना छ ।

श्रीमान् र अशरफसँग लामो सोधपुछ

बेंगलुरु पुलिसका अनुसार अहिलेसम्म महालक्ष्मीका श्रीमान् हेमन्त दास र अशरफसँग लामो  बयान लिइसकिएको छ । तर, प्रारम्भिक सोधपुछपछि प्रहरी महालक्ष्मीको हत्यामा दुवैको कुनै भूमिका नभएको निष्कर्षमा पुगेको छ ।

दुवैको सेप्टेम्बर २ देखि १९ सम्मको मोबाइल लोकेशन र कल डिटेल रेकर्डमा केही पनि फेला परेन ।

महालक्ष्मी बेपत्ता भएको र उनको मोबाइल बन्द भएको दिनदेखि घरमा कोही पनि नआएको प्रहरी अनुसन्धानले देखाएको छ ।

छिमेकीले पनि सेप्टेम्बर २ पछि वा त्यसपछि महालक्ष्मीको घरबाट कुनै आवाज सुनेनन् । तर, अापराधिक दृश्य देखेपछि प्रहरीले यही कोठामा महालक्ष्मीको हत्या भएको अनुमान गरेको छ । यस सिद्धान्तको पछाडिको कारण महालक्ष्मीको बसोबास भएको क्षेत्रमा शवलाई पहिलो तलामा लैजान सम्भव छैन ।

प्रहरीकाअनुसार हत्या गर्नुअघि महालक्ष्मीलाई एनेस्थेटिक वा निद्राको चक्की खुवाइएको हुनसक्ने भएकाले घरबाट कुनै आवाज नआएको हुनसक्छ ।

योजनाबद्ध रुपमा हत्या

हत्यापछि महालक्ष्मीको शवलाई जसरी टुक्राटुक्रा पारिएको थियो, त्यो देखेर प्रहरीले अनुमान गरेको छ, हत्यारा योजनाबद्ध रुपमा आएका थिए, बिना हतार । अर्थात् हत्याराले शान्तपूर्वक शवलाई घरभित्रै टुक्रा पार्यो । हत्यापछि पनि उ केही घण्टा वा सम्भवतः रातभर त्यहीँ बसेको हुनु पर्छ । तर, अचम्मको कुरा के छ भने उनलाई गएको कसैले देखेन ।

महालक्ष्मी बस्ने भवन वरपर जडान गरिएका सबै सीसीटीभी क्यामेराको फुटेज स्क्यान भइरहेको छ । घटनाको समय हेर्दा अपरिचित व्यक्ति कुनै न कुनै क्यामेरामा कैद भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register