आरजीएनएसको कार्यकारी नेतृत्वमा आइन् अध्यक्ष लिलादेवी गुरुङ

लन्डन- रोयल बरो अफ ग्रीनवीच नेप्लिज सोसाइटी (आरजीएनएस) को नेतृत्व लिलादेवी गुरुङको काँधमा आएको छ। गत वर्ष सम्पन्न अधिवेशनबाट निर्वाचित अध्यक्ष गुरुङले आगामी एक वर्षका लागि संस्थाको कार्यकारी नेतृत्व लिएकी हुन्। यसअघि कार्यकारी अध्यक्ष पुण्य रेग्मीले एक वर्षे कार्यकाल पूरा गरी सोमबार कार्यकारी कार्यभार गुरुङलाई हस्तान्तरण गरे। प्लमस्टिडस्थित अस्मिता एशोसिएट्सको कार्यालयमा एक औपचारिक कार्यक्रमबीच दुई […]

Sep 23, 2024 - 19:51
 0
आरजीएनएसको कार्यकारी नेतृत्वमा आइन् अध्यक्ष लिलादेवी गुरुङ


लन्डन- रोयल बरो अफ ग्रीनवीच नेप्लिज सोसाइटी (आरजीएनएस) को नेतृत्व लिलादेवी गुरुङको काँधमा आएको छ।

गत वर्ष सम्पन्न अधिवेशनबाट निर्वाचित अध्यक्ष गुरुङले आगामी एक वर्षका लागि संस्थाको कार्यकारी नेतृत्व लिएकी हुन्।

यसअघि कार्यकारी अध्यक्ष पुण्य रेग्मीले एक वर्षे कार्यकाल पूरा गरी सोमबार कार्यकारी कार्यभार गुरुङलाई हस्तान्तरण गरे।

प्लमस्टिडस्थित अस्मिता एशोसिएट्सको कार्यालयमा एक औपचारिक कार्यक्रमबीच दुई अध्यक्षबीच कार्यकारी नेतृत्व हस्तान्तरण गरिएको हो।

कार्यकारी नेतृत्वसंगै गुरुङले आरजीएनएसको पहिलो महिला अध्यक्षका रुपमा जिम्मेवारी सम्हालेकी छन् ।

आफ्नो एक वर्षे कार्यकालमा संस्थालाई अझ बढी सक्रिय र समावेशी बनाउने प्रतिवद्धता उनले गरेकी छन् ।

यसअघि भूतपूर्व गोर्खाहरुको संस्था जिगेसाको पनि नेतृत्व गरिसकेकी गुरुङले एनआरएनए यूके महिला सचिव र आइसिसी सदस्यलगायतका जिम्मेवारी पनि निर्वाह गरिसकेकी छन्।

जिम्मेवारी हस्तान्तरणपछि यसअघिका कार्यकारी अध्यक्ष पुण्य रेग्मीले पनि विगत एक वर्षमा आफ्नो नेतृत्वलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

सो अवसरमा आरजीएनएस पूर्व अध्यक्ष एवम् ग्रीनवीच बरो मेयर जीत रानाभाट, संस्थापक अध्यक्ष कुमार श्रेष्ठ, सल्लाहकार मोहन गुरुङ, जिगेसा अध्यक्ष हरिकुमार मल्ल, तमुधिं साउथ इष्ट आमा समूह अध्यक्ष बिन्दु गुरुङलगायतले अध्यक्ष गुरुङलाई सफल कार्यकालको शुभकामना दिएका थिए ।

नेतृत्व हस्तान्तरण कार्यक्रममा सल्लाहकारहरु एलएन पाण्डे, अर्कराज तिम्सिना, पण्डित निलहरि घिमिरे, सहदेव गिरी, हरिकुमार मल्ल, सुशिल प्रजापति, प्रकाश कंडेलका साथै कार्यमितिका उपाध्यक्ष मञ्जु भण्डारी र सुरोज मास्के, रामकृष्ण अर्याललगायतको उपस्थिति थियो ।

कार्यक्रमको सञ्चालन महासचिव ह्यारी गुरुङले गरेका थिए ।

तस्विरहरु: प्रकाश कंडेल

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register