बिर्तामोडमा दुर्घटना हुँदा एक जनाको मृत्यु

झापा, ८ असोज । झापाको बिर्तामोडमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । सोमबार राति ८ बजेको समयमा बिर्तामोड–६ कुमारी चौकस्थित पूर्व–पश्चिम राजमार्गमा चारालीबाट बिर्तामोडतर्फ आउँदै गरेको प्र १–०१–०१३ प २८०९ नम्बरको मोटरसाइकलले पैदल यात्री बिर्तामोड–६ बुट्टाबारीका अन्दाजी ६२ वर्षीय यामबहादुर लिम्बूलाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट टाउको र खुट्टामा चोट लागेर घाइते भएका [...] The post बिर्तामोडमा दुर्घटना हुँदा एक जनाको मृत्यु appeared first on Jhapa Online.

Sep 24, 2024 - 03:42
 0
बिर्तामोडमा दुर्घटना हुँदा एक जनाको मृत्यु

झापा, ८ असोज । झापाको बिर्तामोडमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

सोमबार राति ८ बजेको समयमा बिर्तामोड–६ कुमारी चौकस्थित पूर्व–पश्चिम राजमार्गमा चारालीबाट बिर्तामोडतर्फ आउँदै गरेको प्र १–०१–०१३ प २८०९ नम्बरको मोटरसाइकलले पैदल यात्री बिर्तामोड–६ बुट्टाबारीका अन्दाजी ६२ वर्षीय यामबहादुर लिम्बूलाई ठक्कर दिएको थियो ।

मोटरसाइकलको ठक्करबाट टाउको र खुट्टामा चोट लागेर घाइते भएका लिम्बूको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारका क्रममा गएराति मृत्यु भएको हो । मोटरसाइकल चालक बुद्धशान्ति गाउँपालिका–४ का ३२ वर्षीय विकास लिम्बूलाई नियन्त्रणमा लिएको छ । उनलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

The post बिर्तामोडमा दुर्घटना हुँदा एक जनाको मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register