ट्रक आगजनीको आरोपमा दुर्गा प्रसाईंको नागरिक प्रतिरक्षा दलका संयोजक पक्राउ

काठमाडौं । ट्रक आगजनी गरेको आरोपमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नागरिक प्रतिरक्षा दलका संयोजक भीम तुम्बापो पक्राउ परेका छन् । मंगलबार शिवसताक्षी नगरपालिका-१ स्थित धरमपुर बजारबाट तुम्बापोलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीमाथि आइतबार राति ३ वटा भारतीय ट्रकमा आगजनी गरेको आरोप छ । प्रसाईं पक्राउ गरेको विरोधमा आव्हान गरिएको बन्दका क्रममा समर्थकले ट्रकमा आगजनी […]

Sep 24, 2024 - 11:49
 0
ट्रक आगजनीको आरोपमा दुर्गा प्रसाईंको नागरिक प्रतिरक्षा दलका संयोजक पक्राउ

काठमाडौं । ट्रक आगजनी गरेको आरोपमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नागरिक प्रतिरक्षा दलका संयोजक भीम तुम्बापो पक्राउ परेका छन् ।

मंगलबार शिवसताक्षी नगरपालिका-१ स्थित धरमपुर बजारबाट तुम्बापोलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीमाथि आइतबार राति ३ वटा भारतीय ट्रकमा आगजनी गरेको आरोप छ । प्रसाईं पक्राउ गरेको विरोधमा आव्हान गरिएको बन्दका क्रममा समर्थकले ट्रकमा आगजनी गरेका थिए ।

तुम्बापोमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register