बुद्ध फाउन्डेसनको विशेष साधारणसभा सम्पन्न, डिसेम्बरभित्र अधिवेशन हुने

लन्डन- बुद्ध फाउन्डेसन यूकेको विशेष साधारणसभा सम्पन्न भएको छ। आइतबार लन्डन प्लमस्टिडमा सम्पन्न साधारणसभाले संस्थाको विधानमा विभिन्न संशोधन गर्दै आगामी डिसेम्बर महिनाभित्र नियमित अधिवेशन गरी नयाँ नेतृत्व चयन गर्ने निर्णय गरेको छ। फाउण्डेसन अध्यक्ष दीपक श्रेष्ठको अध्यक्षतामा सम्पन्न विशेष साधारणसभामा विधान समितिका संयोजक फडिन्द्र भट्टराईले विभिन्न ५ बुंदामा संशोधन प्रस्ताव पेश गरेका थिए। जसलाई सभाले […]

Sep 23, 2024 - 08:07
 0
बुद्ध फाउन्डेसनको विशेष साधारणसभा सम्पन्न, डिसेम्बरभित्र अधिवेशन हुने

लन्डन- बुद्ध फाउन्डेसन यूकेको विशेष साधारणसभा सम्पन्न भएको छ।

आइतबार लन्डन प्लमस्टिडमा सम्पन्न साधारणसभाले संस्थाको विधानमा विभिन्न संशोधन गर्दै आगामी डिसेम्बर महिनाभित्र नियमित अधिवेशन गरी नयाँ नेतृत्व चयन गर्ने निर्णय गरेको छ।

फाउण्डेसन अध्यक्ष दीपक श्रेष्ठको अध्यक्षतामा सम्पन्न विशेष साधारणसभामा विधान समितिका संयोजक फडिन्द्र भट्टराईले विभिन्न ५ बुंदामा संशोधन प्रस्ताव पेश गरेका थिए। जसलाई सभाले व्यापक छलफलपछि संशोधनसहित सर्वसम्मत रुपमा पारित गरेको छ।

विशेष साधारणसभाले आगामी नोभेम्बरदेखि डिसेम्बरसम्ममा संस्थाको अधिवेशन आयोजना गर्ने निर्णय गरेको छ। अधिवेशनको मिति निर्धारण तथा निर्वाचन समिति गठनको जिम्मेवारी अध्यक्ष दीपक श्रेष्ठलाई दिइएको छ।

साधारणभाले उपाध्यक्ष अर्जुन कटुवालद्धारा प्रस्तुत संस्थाको आयव्ययसम्बन्धी प्रतिवेदन पनि पारित गरेको छ।

प्रत्यक्ष तथा भर्चुअल दुवै माध्यमबाट सहभागिता रहेको साधारणसभालाई प्रमुख अतिथिका रुपमा बेलायतका लागि कार्यवहाक नेपाली राजदूत रोशन खनालले भर्चुअल सम्बोधन गरेकी थिइन्। दूतावाससमेतको सहकार्यमा बुद्ध फाउन्डेसनले बुद्धको जन्मस्थल लुम्बिनी तथा समग्र नेपालकै प्रवर्द्धनमा योगदान गरेकोमा उनले प्रशंसा गरिन्। कार्यकाल पूरा गरी नेपाल फर्किन लागेकी खनाललाई सोही अवसरमा फाउण्डेसनका तर्फबाट औपचारिक बिदाई गरिएको थियो ।

साधारणसभामा विशेष अतिथि लन्डन ग्रीनवीच बरो मेयर जीत रानाभाटले फाउण्डेसनले बुद्ध र लुम्बिनीसंगै सिंगो नेपालकै कला, संस्कृति पनि प्रवर्द्धन गर्दै आएकोमा खुशी व्यक्त गरे। उनले फाउण्डेसनका गतिविधिमा निरन्तर सहयोगको प्रतिवद्धता गरे ।

फाउण्डेसन अध्यक्ष दीपक श्रेष्ठले संस्था स्थापनाको सन्दर्भ, उद्धेश्य र हालसम्मका गतिविधिहरुबारे जानकारी दिंदै भावी कार्ययोजनाबारे समेत प्रकाश पारेका थिए। उनले उत्साहजनक सहभागितामा विशेष साधारणसभा सम्पन्न गर्न सहयोग गर्ने सबै सहभागी एवम् विधान समितिका पदाधिकारीलाई धन्यवाद दिएका थिए ।

उपाध्यक्ष अर्जुन कटुवालले सञ्चालन गरेको कार्यक्रमका सहभागीलाई वरिष्ठ उपाध्यक्ष सचिन श्रेष्ठले स्वागत गरेका थिए। सल्लाहकार शिवजी श्रेष्ठले विशेष साधारणसभाको आवश्यकताबारे बताउँदै विधान संशोधनको प्रस्तावमा सुझाव पेश गरेका थिए । कार्यसमिति सदस्य सुर्य गुरुङले धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रममा सल्लाहकार कुमार श्रेष्ठ, एसओएनपी अध्यक्ष गजेन कटुवाल, पासा पुचः गुथि यूके अध्यक्ष सुशिल प्रजापति तथा साउथ इष्ट अध्यक्ष माधवलाल श्रेष्ठ र उपाध्यक्ष सुरोज मास्के, डाटफोर्ड नेपाली समाज अध्यक्ष डा बीना घिमिरे, चितवन समाज यूके अध्यक्ष खेम शर्मा, इनास यूके संरक्षक मनिष श्रेष्ठ, आरजीएनएस अध्यक्ष पुण्य रेग्मीलगायतले शुभकानमा मन्तव्य राख्दै विधान संशोधन प्रस्तावमा सुझाव पेश गरेका थिए ।

सो अवसरमा उपाध्यक्ष प्रसुना कंडेल, सचिव सुरेन रुपाखेती, कोषाध्यक्ष निरञ्जन खड्का, आइटी संयोजक सन्तोष मण्डल, धनराज मल्ल, मीन पुन, जय श्रेष्ठसहित कार्यसमितिका पदाधिकारी, सदस्य एवम् सल्लाहकारहरुको प्रत्यक्ष तथा भौतिक उपस्थिति थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register