कार्यवाहक प्रधानमन्त्रीलाई मिश्रको चुनौती – तपाईंलाई नहराई त कहाँ छोडुँला र !

काठमाडौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई दुई चोटी अरुको बुइ चढेर चुनाव जितेको आरोप लगाएका छन् । सिंहले आफ्नी दिदी रिता सिंह वैद्य मुख्य आरोपी रहेको नेपाल बाल संगठनको जग्गा हिनामिनासम्बन्धी मुद्दा ढिसमिस पार्ने खोजेको आरोप लगाउँदै उनले यस्तो बताएका हुन् । उनले आगामी चुनावमा हराइ छाड्नेसमेत बताए । उनले […]

Sep 24, 2024 - 12:17
 0
कार्यवाहक प्रधानमन्त्रीलाई मिश्रको चुनौती – तपाईंलाई नहराई त कहाँ छोडुँला र !

काठमाडौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई दुई चोटी अरुको बुइ चढेर चुनाव जितेको आरोप लगाएका छन् ।

सिंहले आफ्नी दिदी रिता सिंह वैद्य मुख्य आरोपी रहेको नेपाल बाल संगठनको जग्गा हिनामिनासम्बन्धी मुद्दा ढिसमिस पार्ने खोजेको आरोप लगाउँदै उनले यस्तो बताएका हुन् ।

उनले आगामी चुनावमा हराइ छाड्नेसमेत बताए ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अनाथ बालबालिकाको ‘बाल मन्दिर’ नै ध्वस्त पार्ने आरोप लागेकी दिदीलाई बचाऊ गर्न ‘मुद्दा नै ढिसमिस गर्न खोज्ने’ तपाईँलाई नहराई त कहाँ छोडुँला र !’

उनले थप भने, ‘जुन दिन म तपाईँलाई हराउँछु नि, त्यस दिन बल्ल यो देशको वास्तविक रूपान्तरणको शंखनाद हुनेछ । यसलाई शाब्दिक होइन, प्रतिकात्मक रूपमा बुझ्नुहोला ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register