सुनको मूल्य तोलाकै १ लाख ६० हजारभन्दा बढी

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्यले रेकर्ड कायम गरेको छ । मंगलबार तोलाको १ लाख ५९ हजार ७ सय रूपैयाँमा कारोबार हुँदै रेकर्ड बनाएको सुनको मूल्यले उक्त रेकर्ड आज तोडेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ७ सय रूपैयाँले बढेर प्रतितोला १ लाख ६० हजार ४ सय रूपैयाँमा कारोबार […]

Sep 25, 2024 - 06:29
 0
सुनको मूल्य तोलाकै १ लाख ६० हजारभन्दा बढी

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्यले रेकर्ड कायम गरेको छ ।

मंगलबार तोलाको १ लाख ५९ हजार ७ सय रूपैयाँमा कारोबार हुँदै रेकर्ड बनाएको सुनको मूल्यले उक्त रेकर्ड आज तोडेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ७ सय रूपैयाँले बढेर प्रतितोला १ लाख ६० हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार चाँदी तोलामा ४० रूपैयाँले बढेर प्रतितोला १ हजार ९ सय ५५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register