लुम्बिनी विकास कोषको कार्यालयमा निर्माण व्यवसायीको धर्ना जारी

काठमाडौं । लुम्बिनी विकास कोषको कार्यालयमा निर्माण व्यवसायीहरूको धर्ना जारी छ । १० महिनादेखि भुक्तानी नपाएपछि उनीहरु असोज ६ गतेदेखि धर्ना बसिरहेका छन् । उनीहरूले मुख्यमन्त्री कार्यालयसहित विभिन्न सरकारी निकायमा ध्यानाकर्षण पत्र बुझाउँदै भुक्तानी नमिलेसम्म काम रोक्ने निर्णय गरेका छन् । व्यवसायीहरूले भुक्तानी प्रक्रिया छिटो अघि बढाउन र आन्तरिक विवादहरू समाधान गर्न माग गरेका छन् । […]

Sep 25, 2024 - 10:37
 0
लुम्बिनी विकास कोषको कार्यालयमा निर्माण व्यवसायीको धर्ना जारी

काठमाडौं । लुम्बिनी विकास कोषको कार्यालयमा निर्माण व्यवसायीहरूको धर्ना जारी छ । १० महिनादेखि भुक्तानी नपाएपछि उनीहरु असोज ६ गतेदेखि धर्ना बसिरहेका छन् ।

उनीहरूले मुख्यमन्त्री कार्यालयसहित विभिन्न सरकारी निकायमा ध्यानाकर्षण पत्र बुझाउँदै भुक्तानी नमिलेसम्म काम रोक्ने निर्णय गरेका छन् । व्यवसायीहरूले भुक्तानी प्रक्रिया छिटो अघि बढाउन र आन्तरिक विवादहरू समाधान गर्न माग गरेका छन् ।

लुम्बिनी विकास कोष अन्तर्गतका परियोजनाहरूलाई राष्ट्रिय गौरवका रूपमा चिनाइएको भए पनि भुक्तानी प्रक्रियामा भएको ढिलाइले परियोजनाहरू संकटमा छन् ।

उनीहरुले धर्ना बस्नुअघि लुम्बिनीका संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्री (अध्यक्ष, लुम्बिनी विकास कोष), रुपन्देहीका प्रमुख जिल्ला अधिकारी, लुम्बिनी विकास कोषका उपाध्यक्ष, लुम्बिनी विकास कोषका सदस्य–सचिव, लुम्बिनी विकास कोषका परियोजना प्रमुखलाई पत्र बुझाएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register