गाउँ फर्कनेलाई महाशिला गाउँपालिकाले छ महिनाको खाद्यान्न खर्चसहित थप एक लाख अनुदान पाउने

काठमाडौँ । गाउँ फर्कनेले छ महिनाको खाद्यान्न खर्चसहित थप एक लाख अनुदान पाउने भएका छन् । महाशिला गाउँपालिकाले आफू बसेको गाउँठाउँ छाडी अन्यत्र गएकाहरू पुरानै स्थानमा फर्किएमा रु एक लाख अनुदान र ६ महिनालाई पुग्ने खाद्यान्नको खर्च प्रदान गर्ने भएको हो । गाउँलेहरू बसाइँ सर्न थालेपछी  पालिकाले यस्तो कार्यक्रम अघि सारेको गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसालले […]

Sep 25, 2024 - 10:37
 0
गाउँ फर्कनेलाई महाशिला गाउँपालिकाले छ महिनाको खाद्यान्न खर्चसहित थप एक लाख अनुदान पाउने

काठमाडौँ । गाउँ फर्कनेले छ महिनाको खाद्यान्न खर्चसहित थप एक लाख अनुदान पाउने भएका छन् । महाशिला गाउँपालिकाले आफू बसेको गाउँठाउँ छाडी अन्यत्र गएकाहरू पुरानै स्थानमा फर्किएमा रु एक लाख अनुदान र ६ महिनालाई पुग्ने खाद्यान्नको खर्च प्रदान गर्ने भएको हो ।

गाउँलेहरू बसाइँ सर्न थालेपछी  पालिकाले यस्तो कार्यक्रम अघि सारेको गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसालले जनाएका छन्। गाउँपालिकाले चालु आर्थिक वर्षदेखि यस्तो कार्यक्रम लागू गरेको हो ।

गाउँ छाडेर गएकाहरू फर्किएमा उनीहरूले अनुदान पाउने उनको भनाइ छ ।  गाउँ फर्केकाहरूलाई आफ्नो खेतबारीमा अन्न फलाउन कम्तीमा छ महिना लाग्ने भएकाले उनीहरूको परिवारका सदस्यहरूको भरणपोषणका निम्ति गाउँपालिकाले नै खाद्यान्न उपलब्ध गराउने छ । चामल, दाल, तेल, तरकारीका निम्ति पनि अनुदान दिइने छ ।

अध्यक्ष भुसालका अनुसार एक वर्षमा यो पालिकाबाट ९३ परिवारका तीन सय २५ जना बसाइँ सरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register