एफसी यू–२० एसियन कप : नेपाल उज्वेकिस्तानसँग पराजित

काठमाडौं । नेपाल एफसी यू–२० एसियन कप फुटबल छनोटमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ । चाइनिज ताइपेइमा बुधबार भएको खेलमा नेपाल उज्वेकिस्तानसँग ६–० को गोलअन्तरले पराजित भएको हो । समूह ‘बी’मा शीर्ष दुईमा रहेर चीनमा अर्को वर्ष हुने प्रतियोगितामा छनोट हुने लक्ष्यसाथ चाइनिज ताइपेइ पुगेको नेपालले सुखद् नतिजा दिन सकेको छैन । पहिलो खेलमा समान […]

Sep 25, 2024 - 10:53
 0
एफसी यू–२० एसियन कप : नेपाल उज्वेकिस्तानसँग पराजित

काठमाडौं । नेपाल एफसी यू–२० एसियन कप फुटबल छनोटमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ ।

चाइनिज ताइपेइमा बुधबार भएको खेलमा नेपाल उज्वेकिस्तानसँग ६–० को गोलअन्तरले पराजित भएको हो ।

समूह ‘बी’मा शीर्ष दुईमा रहेर चीनमा अर्को वर्ष हुने प्रतियोगितामा छनोट हुने लक्ष्यसाथ चाइनिज ताइपेइ पुगेको नेपालले सुखद् नतिजा दिन सकेको छैन ।

पहिलो खेलमा समान स्तरको कम्बोडियासँग नेपाल ४–१ ले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले चाइनिज ताइपेइसँगको खेलमा ३–१ को जित हासिल गरेको थियो ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register