सेयर बजारमा फेरि रौनक, उच्च अंकले बढ्यो नेप्से

काठमाडौं । सेयर बजार परिसूचक (नेप्से) बुधबार दोहोरो अंकले बढेको छ । मंगलबार ५८.९३ अंकले घटेर २४५० अंकमा ओर्लिएको नेप्से आज ४९. १८ अंकले बढेर २५१९.५७ को विन्दुमा पुगेको छ । सूचकमा उल्लेख्य वृद्धि देखिएपनि हरियो बनेका बजारमा लगानीकर्ता कारोबार गर्न उत्साहित देखिएनन् । अघिल्लो दिन ५ अर्ब ६८ करोडको कारोबार भएकोमा आज ४ अर्ब […]

Sep 25, 2024 - 11:13
 0
सेयर बजारमा फेरि रौनक, उच्च अंकले बढ्यो नेप्से

काठमाडौं । सेयर बजार परिसूचक (नेप्से) बुधबार दोहोरो अंकले बढेको छ ।

मंगलबार ५८.९३ अंकले घटेर २४५० अंकमा ओर्लिएको नेप्से आज ४९. १८ अंकले बढेर २५१९.५७ को विन्दुमा पुगेको छ । सूचकमा उल्लेख्य वृद्धि देखिएपनि हरियो बनेका बजारमा लगानीकर्ता कारोबार गर्न उत्साहित देखिएनन् ।

अघिल्लो दिन ५ अर्ब ६८ करोडको कारोबार भएकोमा आज ४ अर्ब ८१ करोडमै खुम्चिएको छ ।

आज अधिकांश म्युचुअल फण्डहरु मुल्य घटेर राताम्मे बन्न पुगेका छन् । कारोबार रकम घटेपनि २२३ कम्पनीले नाफा कमाए । १८ वटा कम्पनीको मात्रै मूल्य घटेको छ ।

बैंकिङ १.८, विकास बैंक २.७५, फाइनान्स ३.८०, होटल तथा पर्यटन ३.५०, हाइड्रोपावर २.६०, लगानी १.५६, जीवन बीमा १.९१, उत्पादन १.४४, माइक्रोफाइनानस १.४९, निर्जीवन बीमा १.६७, अन्य १.७५ र व्यापार समूह १.७८ प्रतिशतले बढेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register