अफगानिस्तान ब्रिक्स सम्मेलनमा सहभागी हुन उत्सुक छ : तालिबान सरकार

एजेन्सी ।  अफगानिस्तानको तालिबान सरकार ब्रिक्स आर्थिक सम्मेलनमा सहभागी हुन उत्सुक रहेको मंगलबार सरकारका एक प्रवक्ताले बताए। ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकासहित उदीयमान अर्थतन्त्रहरूको शिखर सम्मेलन अक्टोबर २२-२४ मा रुसको दक्षिणपश्चिमी सहर कजानमा हुनेछ । “विश्वको सबैभन्दा ठूला अर्थतन्त्र भएका ब्रिक्ससँग सम्बन्धित देशसँग हाल हाम्रो राम्रो आर्थिक र व्यावसायिक सम्बन्ध छ । हामी […]

Sep 25, 2024 - 15:37
 0
अफगानिस्तान ब्रिक्स सम्मेलनमा सहभागी हुन उत्सुक छ : तालिबान सरकार

एजेन्सी ।  अफगानिस्तानको तालिबान सरकार ब्रिक्स आर्थिक सम्मेलनमा सहभागी हुन उत्सुक रहेको मंगलबार सरकारका एक प्रवक्ताले बताए। ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकासहित उदीयमान अर्थतन्त्रहरूको शिखर सम्मेलन अक्टोबर २२-२४ मा रुसको दक्षिणपश्चिमी सहर कजानमा हुनेछ ।

“विश्वको सबैभन्दा ठूला अर्थतन्त्र भएका ब्रिक्ससँग सम्बन्धित देशसँग हाल हाम्रो राम्रो आर्थिक र व्यावसायिक सम्बन्ध छ । हामी हाम्रो सम्बन्ध थप विस्तार गर्न र ब्रिक्सको आर्थिक सम्मेलनमा भाग लिन उत्सुक छौं “, सरकारका उप प्रवक्ता हमदुल्ला फितरातले भने ।

तालिबान अधिकारीहरूलाई कुनै पनि देशले आधिकारिक रूपमा मान्यता दिएको छैन तर चीन र रुसलगायत संस्थापक ब्रिक्स राष्ट्रहरूसँग भने यसको सम्बन्ध बढ्दै गएको छ । हालै इरान, संयुक्त अरब इमिरेट्स, इजिप्ट र इथियोपियालाई समावेश गरेर विस्तार गरेको सङ्गठनले तालिबान सरकारको टिप्पणीमा सार्वजनिक रूपमा प्रतिक्रिया दिएको छैन ।

मस्को र बेइजिङ दुवैले अफगानिस्तानमा व्यावसायिक परियोजनामा लगानी गर्न र इस्लामिक स्टेट समूहको अफगानिस्तान शाखा ‘इस्लामिक स्टेट खोरासन’ विरुद्धको लडाइँमा तालिबान अधिकारीलाई सहयोग गर्न आफु तयार रहेको बताएका छन् । एएफपी

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register