इलाममा श्रीमतीको हत्या गरेर आत्महत्या

इलाम, ८ असोज । इलामको सन्दकपुरमा एक पुरुषले श्रीमतीको हत्या गरी आत्महत्या गरेका छन् । सन्दकपुर गाउँपालिका-१ भित्तेका ४६ वर्षे उजबहादुर राईले धारिलो हतियार प्रहार गरी ४० वर्षीया फूलकुमारीको हत्या गरेका हुन् । श्रीमतीको हत्यापश्चात उनले पनि आत्महत्या गरेको इलामका प्रहरी प्रमुख एसपी प्रभुप्रसाद ढकालले जानकारी दिए । प्रहरीका अनुसार फूलकुमारीको शव घरभन्दा ६०–७० मिटर [...] The post इलाममा श्रीमतीको हत्या गरेर आत्महत्या appeared first on Jhapa Online.

Sep 24, 2024 - 15:30
 0
इलाममा श्रीमतीको हत्या गरेर आत्महत्या

इलाम, ८ असोज । इलामको सन्दकपुरमा एक पुरुषले श्रीमतीको हत्या गरी आत्महत्या गरेका छन् ।

सन्दकपुर गाउँपालिका-१ भित्तेका ४६ वर्षे उजबहादुर राईले धारिलो हतियार प्रहार गरी ४० वर्षीया फूलकुमारीको हत्या गरेका हुन् । श्रीमतीको हत्यापश्चात उनले पनि आत्महत्या गरेको इलामका प्रहरी प्रमुख एसपी प्रभुप्रसाद ढकालले जानकारी दिए । प्रहरीका अनुसार फूलकुमारीको शव घरभन्दा ६०–७० मिटर तल मूलबाटोमुनि फेला परेको छ भने उजबहादुरको शव नजिकै निबारोको रुखमा भुन्डिएको अवस्थामा भेटिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको र दुवैजनाको शव पोस्टमार्टमका लागि सदरमुकाम पठाइएको प्रहरीले जनाएको छ ।

The post इलाममा श्रीमतीको हत्या गरेर आत्महत्या appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register