एकल पिता करण जौहर भन्छन्,‘अभिभावक हुनु सजिलो हुँदैन’

एजेन्सी । बलिउडका प्रसिद्ध फिल्म निर्माता, निर्देशक करण जौहर एकल पिता हुन् । उनले २०१७ मा सरोगेसी मार्फत जुम्ल्याहा बच्चा यश र रूहीलाई स्वागत गरेका थिए । उनी प्रायः विभिन्न इभेन्टमा आफ्ना बच्चाको साथ देखिन्छन् र सामाजिक सञ्जालमा पनि उनीहरूलाई लिएर पोस्ट गरिरहन्छन् । एक अन्तर्वार्तामा करणले अभिभावकको समस्याबारे कुरा गरेका छन् । उनले भनेका […]

Sep 25, 2024 - 16:57
 0
एकल पिता करण जौहर भन्छन्,‘अभिभावक हुनु सजिलो हुँदैन’

एजेन्सी । बलिउडका प्रसिद्ध फिल्म निर्माता, निर्देशक करण जौहर एकल पिता हुन् । उनले २०१७ मा सरोगेसी मार्फत जुम्ल्याहा बच्चा यश र रूहीलाई स्वागत गरेका थिए ।

उनी प्रायः विभिन्न इभेन्टमा आफ्ना बच्चाको साथ देखिन्छन् र सामाजिक सञ्जालमा पनि उनीहरूलाई लिएर पोस्ट गरिरहन्छन् ।

एक अन्तर्वार्तामा करणले अभिभावकको समस्याबारे कुरा गरेका छन् । उनले भनेका छन् कि जति–जति उनका बच्चा ठुला हुँदैछन्, उनीहरूले विभिन्न प्रकारका प्रश्न सोधिरहेका छन् । यस्तो अवस्थामा निर्देशकले ती प्रश्नको उत्तर दिन नसकेर काउन्सलिङसम्म जानुपरेको छ ।

करणका बच्चाको पालनपोषण उनकी आमाले पनि गरिरहेकी छन् । निर्माता एकल अभिभावक हुन् । करणले यो कुरा स्वीकार गरेका छन् कि उनी आफ्नी आमाबिना एक्लै केही गर्न सक्दैनन् ।

उनले भनेका छन्- उनीहरू मसँग सोध्छन् कि मेरो जन्म कसको पेटबाट भएको हो, आमा त मम्मा होइन । उनी त हजुरआमा हुन् ।

यस्ता प्रश्न लिएर म काउन्सलिङका लागि जाँदैछु । यो कत्ति पनि सजिलो छैन र अभिभावक हुनु कहिल्यै सजिलो हुँदैन ।

जब करण जोहरसँग उनका बच्चाको करियरको बारेमा प्रश्न सोधियो उनले आफ्ना बच्चालाई यसबारे कुनै दायरा नबनाउने बताए ।

करणका बच्चा यश र रूहीले गत फेब्रुअरीमा ७ वर्षमा पाइला टेकेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register