झ्याप्ले खोलामा थप ३ जनाको शब भेटियो

काठमाडौँ । नागढुंगा-नौबिसे सडक खण्ड अन्तर्गत झ्याप्ले खोलामा पुरिएको बसबाट थप ३ जनाको शब निकालिएको छ ।  अविरल परेको वर्षाका कारण झ्याप्ले खोलामा गएको पहिरोमा पुरिएको बसबाट उद्धारमा खटिएको प्रहरीले टोलीले ३ जनाको शव निकालेको हो ।  पहिरोमा पुरिएको अवस्थामा फेला परेका शब शुक्रबार गोरखादेखि काठमाडौँका लागि हिँडेर सम्पर्कविहीन भएको बसका यात्रु भएको हुनसक्ने आशंका […]

Sep 29, 2024 - 05:29
 0
झ्याप्ले खोलामा थप ३ जनाको शब भेटियो

काठमाडौँ । नागढुंगा-नौबिसे सडक खण्ड अन्तर्गत झ्याप्ले खोलामा पुरिएको बसबाट थप ३ जनाको शब निकालिएको छ । 

अविरल परेको वर्षाका कारण झ्याप्ले खोलामा गएको पहिरोमा पुरिएको बसबाट उद्धारमा खटिएको प्रहरीले टोलीले ३ जनाको शव निकालेको हो । 

पहिरोमा पुरिएको अवस्थामा फेला परेका शब शुक्रबार गोरखादेखि काठमाडौँका लागि हिँडेर सम्पर्कविहीन भएको बसका यात्रु भएको हुनसक्ने आशंका गरिएको छ । यद्यपि शवको पहिचान भने नखुलेको प्रहरीले जनाएको छ । 

हाल पुरिएको बस निकाल्ने प्रयास भइरहेको छ । झ्याप्ले खोलामा गएको पहिरो पन्छ्याउने क्रममा बस पुरिएको अवस्थामा भेटिएको थियो । उक्त बसको समेत पहिचान नखुलेको प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register