वास्तविक नायक बने चाणिकलाल

काठमाडौं । ललितपुरको सुगमवस्तीमा भाडामा बस्दै आएका काभ्रेका चणिकलाल तामाङले आफ्नो ज्यानको परवाह नगरी नदीमा बग्दै गरेका दुई जनालाई बचाएका छन्। शनिवार नख्खु खोलाले ती दुईलाई बगाउँदै गरेको अवस्थामा आफैं नदीमा हाम्फालेर मणिकलालले उनीहरूलाई उद्धार गरेका थिए। रौतहट घर भई सुगम बस्ती टोल बस्दै आएका ४३ वर्षीय राजु साह, उनकी छोरी ६ वर्षीया मेघना साह, […]

Sep 29, 2024 - 03:35
 0
वास्तविक नायक बने चाणिकलाल

काठमाडौं ।

ललितपुरको सुगमवस्तीमा भाडामा बस्दै आएका काभ्रेका चणिकलाल तामाङले आफ्नो ज्यानको परवाह नगरी नदीमा बग्दै गरेका दुई जनालाई बचाएका छन्। शनिवार नख्खु खोलाले ती दुईलाई बगाउँदै गरेको अवस्थामा आफैं नदीमा हाम्फालेर मणिकलालले उनीहरूलाई उद्धार गरेका थिए।

रौतहट घर भई सुगम बस्ती टोल बस्दै आएका ४३ वर्षीय राजु साह, उनकी छोरी ६ वर्षीया मेघना साह, राजुका भाइ २२ वर्षीय राज साह, राजकै छोरी करिब ४ वर्षीया शेर्तु साह आफ्नो ज्यान जोगाउन जस्ताको टहरोमाथि चढेका थिए।

करिब १० मिनेटजति उनीहरू जस्ताको टहरोमाथि बसेका थिए। दुई बच्चा र दुई युवक गरी चार जना टहरामाथि चढेर उद्धारको याचना गर्दै थिए। बीच खोलामा चार जना फसेका थिए भने वारिपारि स्थानीयहरू थुप्रिएका थिए। त्यति नै बेला बाढीले टहरो भत्काएपछि चारै जना बगे। उनीहरू निसहाय भएर बाढीमा बग्न थाले। त्यसैबेला चणिकलाल नख्खु खोलामा हामफालेर बगेका ४ मध्ये दुई जनालाई उद्धार गर्न सफल भएका थिए।

राजु आफ्नी छोरी मेघनालाई च्यापेर पौडिँदै गरेका बेला चणिकलालले पौडेल उनीहरुलाई निकालेका थिए। ‘म खोला नजिकै किनारामा हिड्दै थिए उनीहरू बगेको र बचाउ भन्दै चिच्याएको देखेँ त्यसपछि आफैं तुरुन्त हामफालेर उनीहरूलाई उद्धार गर्न सकेँ’ – चाणिकलाले भन्नुभयो।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register