हल्दिबारीमा बाढीले तीन पुल बगायो

हल्दिबारी, १२ असोज । अविरल वर्षाका कारण हल्दिबारी गाउँपालिकाको तीन वटा काठे पुल बगाएको छ । हल्दिबारी– १ गोलधापबाट बाह्रदशी– ३ राजमार्ग जाने बाटो जल्पाबस्ती पश्चिमको काठे पुलको बिच भाग बगाई पूर्णरुपमा क्षतिग्रस्त पारेको छ भने हल्दिबारी– १ बाट दक्षिण हुलाकी राजमार्ग जोड्ने रोड कटान गरेर बाटो अवरुद्ध भएको छ । त्यस्तै फाल्गुननन्द चोक पूर्व [...] The post हल्दिबारीमा बाढीले तीन पुल बगायो appeared first on Jhapa Online.

Sep 28, 2024 - 19:06
 0
हल्दिबारीमा बाढीले तीन पुल बगायो

हल्दिबारी, १२ असोज । अविरल वर्षाका कारण हल्दिबारी गाउँपालिकाको तीन वटा काठे पुल बगाएको छ । हल्दिबारी– १ गोलधापबाट बाह्रदशी– ३ राजमार्ग जाने बाटो जल्पाबस्ती पश्चिमको काठे पुलको बिच भाग बगाई पूर्णरुपमा क्षतिग्रस्त पारेको छ भने हल्दिबारी– १ बाट दक्षिण हुलाकी राजमार्ग जोड्ने रोड कटान गरेर बाटो अवरुद्ध भएको छ ।

त्यस्तै फाल्गुननन्द चोक पूर्व हल्दिबारी–१ र ५ को कन्चनश्री जोड्ने काठे पुलको बिच भाग बगाएको छ ।त्यस्तै हल्दिबारी– १ र ५ जाने बाटोको काठको पुल बिच भागको सबै बगाएको छ ।

हल्दिबारी– १ आशा मोडदेखि पूर्व राम चोक जाने बाटो ठाउँ ठाउँमा बगाएको छ भने हल्दिबारी १ शङ्कर चोकदेखि उत्तर मन्त्री चोक जोड्ने बासमणि रोडको चार ठाउँमा सामान्य क्षति भएको प्रहरीले जनाएको छ ।

The post हल्दिबारीमा बाढीले तीन पुल बगायो appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register