आजको मौसम : कहाँ–कहाँ छ वर्षाको सम्भावना ?

झापा, १४ असोज । देशभर मनसुनी वायुको प्रभाव रहेको छ। भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर आंशिक देखि साधारणतया बदली रहने छ। देशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । [...] The post आजको मौसम : कहाँ–कहाँ छ वर्षाको सम्भावना ? appeared first on Jhapa Online.

Sep 30, 2024 - 01:14
 0
आजको मौसम : कहाँ–कहाँ छ वर्षाको सम्भावना ?

झापा, १४ असोज । देशभर मनसुनी वायुको प्रभाव रहेको छ। भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर आंशिक देखि साधारणतया बदली रहने छ। देशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । राती भने कोशी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशका थोरै स्थानहरू र बागमती प्रदेशका एक(दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो, भू–क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ। मंगलबार कोशी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेशका केही स्थानहरू, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरू र बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

The post आजको मौसम : कहाँ–कहाँ छ वर्षाको सम्भावना ? appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register